विशाल र विश्वास अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टनको फाइनलमा

विशाल र विश्वास अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टनको फाइनलमा

काठमाडौं: आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको रेगुलर मेन्स सिंगल्सको उपाधिका लागि विन्दवासिनी प्रिन्टिङका विशाल खड्का र बीएनएम सप्लायर्सका विश्वास नेपाल भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा खड्काले जेस्ट सेभिङका सुजन थापालाई २१–१८,२२–२० ले पराजित गरे । नेपालले युनिक स्पोर्टसका अनिल लाखेलाई २१–८, २१–१६ ले हराउँदै उपाधि नजिक पुगेका हुन् ।

बैंकिङ-इन्स्योरेन्स मेन्स सिंगल्समा सिटिजन्स लाइफका अभिशेक बोश र गणेश रायमाझी फाइनल प्रवेश गरेका छन् । बोशले नेपाल एसबिआई बैंकका नवराज जोशीलाई २१–१९, २१–१८ तथा रायमाझीले कृषि विकास बैंकका टक्कर कुँवरलाई २१–८, २१–१३ को सेटमा पाखा लगाएका छन् । 

रेगुलर मेन्स डबल्समा विन्दवासिनीका खड्का र बिएनएमका नेपाल तथा केआरएस टे«डिङका रामकुमार बानियाँ र जेस्ट सेभिङका इसा एन्ड इसिका इन्भेष्टमेन्टका सुजन थापाको जोडी फाइनल प्रवेश गरेका छन् ।

खड्का र नेपालले सिटिजसका बोश र नाइग्रा फल्सका सुशिल श्रेष्ठविरुद्ध १५–२१, १४–११ को जित निकाले । खेलका क्रममा बोश घाइते भइ रिटायर्ड भएका थिए । यसैगरी बानियाँ र थापाले इसा एन्ड इसिकाका नारायणप्रसाद गौतम र न्यु बिएस इन्टरप्राइजका अभिषेक गुरुङलाई २२–२०, २१–१६ को सेटमा पाखा लगाएका छन् ।

यसअघि क्वाटरफाइनलमा खड्का र नेपालले एसबीआईका जोशी र युनिकका लाखेलाई २१–१४, २१–१६ तथा बोश र श्रेष्ठले कुँवर र थापाको जोडीलाई २१–७, २१–७ ले पराजित गरेका थिए । त्यस्तै गौतम र गुरुङले महालक्ष्मी लाइफका सन्जय कपाली र डेभिड फरेइन रिक्युरमेन्टका एस कटुवाललाई २१–१४, २१–१० तथा बानियाँ र थापाले राष्ट्रिय वाणिज्य बैंकका पुस्प र राजु थापालाई २१–९, २१–१४ ले पाखा लगाउँदै सेमिफाइनल पुगेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.