अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन : विशाल र विश्वास फाइनलमा

अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन : विशाल र विश्वास फाइनलमा

काठमाडौं : आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको रेगुलर मेन्स सिंगल्सको उपाधिका लागि विन्ध्यवासिनी प्रिन्टिङका विशाल खड्का र बीएनएम सप्लायर्सका विश्वास नेपाल भिड्ने भएका छन्। शुक्रबार भएको सेमिफाइनलमा खड्काले जेस्ट सेभिङका सुजन थापालाई २१–१८ र २२–२० ले पराजित गरे।

नेपाल युनिक स्पोर्टस्का अनिल लाखेलाई २१–८ र २१–१६ ले हराए। बैंकिङ÷इन्स्योरेन्स मेन्स सिंगल्समा सिटिजन्स लाइफका अभिषेक बोस र गणेश रायमाझी उपाधि नजिक पुगेका छन्। बोसले नेपाल एसबीआई बैंकका नवराज जोशीलाई २१–१९ र २१–१८ तथा रायमाझीले कृषि विकास बैंकका टक्कर कुँवरलाई २१–८ र २१–१३ को सेटमा पाखा लगाएका छन्।

रेगुलर मेन्स डबल्समा विन्ध्यवासिनीका खड्का र बीएनएमका नेपाल तथा केआरएस टेडिङका रामकुमार बानियाँ र जेस्ट सेभिङका ईसा एन्ड इसिका इन्भेस्टमेन्टका सुजन थापाको जोडी फाइनल प्रवेश गरेका हुन्। खड्का र नेपालले सिटिजन्सका बोस र नाइग्रा फल्सका सुशील श्रेष्ठविरुद्ध १५–२१ र १४–११ को जित निकाले।

यसैगरी बानियाँ र थापाले ईसा एन्ड इसिकाका नारायणप्रसाद गौतम र न्यु बीएस इन्टरप्राइजका अभिषेक गुरुङलाई २२–२० र २१–१६ को सेटमा पाखा लगाएका छन्। यसअघि क्वाटरफाइनलमा खड्का र नेपालले एसबीआईका जोशी र युनिकका लाखेलाई २१–१४ र २१–१६ तथा बोस र श्रेष्ठले कुँवर र थापाको जोडीलाई २१–७ र २१–७ ले पराजित गरेका थिए। 

गौतम र गुरुङले महालक्ष्मी लाइफका सञ्जय कपाली र डेभिड फरेइन रिक्युरमेन्टका एस कटुवाललाई २१–१४ र २१–१० तथा बानियाँ र थापा राष्ट्रिय वाणिज्य बैंकका पुष्प र राजु थापालाई २१–९ र २१–१४ ले पाखा लगाउँदै सेमिफाइनल पुगेका थिए।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछन्। प्रतियोगितालाई प्रभु बैंक, एनसेल, यमाहा फ्यासिनो, महालक्ष्मी पेन्ट्स, एभरेस्ट बैंक, रियल जुस, योनेक्स, शिखर इन्सुरेन्स, म्याजिक ह्यान्डवास, गोदरेज, अल्का हस्पिटल, यमयम क्याफे र काठमाडौं जिल्ला ब्याडमिन्टन संघले सहयोग गरेका छन्। दुई दर्जन कर्पोरेट हाउसका १ सय ५७ जना खेलाडीले यस खेलमा सहभागिता जनाएका छन्।

पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीलाई सुनको पदक प्रदान गरिनेछ। कोभिड–१९ को सम्पूर्ण मापदण्ड पूरा गरेर प्रतियोगिता आयोजना गरिएको छ। कभर्ड हलमा प्रवेश गर्दा माक्स र खोप कार्ड अनिवार्य गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.