लुम्बिनीकै पहिलो महिला गाउँपालिका अध्यक्ष बनिन् एमालेकी सरस्वती

लुम्बिनीकै पहिलो महिला गाउँपालिका अध्यक्ष बनिन् एमालेकी सरस्वती

तानसेन : पाल्पा बगनासकाली गाउँपालिकाकी सरस्वती चिदी लुम्बिनी प्रदेशकै पहिलो महिला अध्यक्षमा विजयी भएकी छन्। नेकपा एमालेकी उम्मेदवार चिदीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजय गरी लुम्विनीकै पहिलो गाउँपालिका अध्यक्ष बनेकी हुन्। 

एमाले उम्मेदवार चिदीले ८ सय ३३ मत अन्तरले कांग्रेसकी अधिकारीलाई पराजित गरेकी हुन्। चिदीले ६ हजार ४ सय ६६ मत प्राप्त गरी विजय हासिल गरिन् भने नेपाली कांग्रेसकी अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरी उपविजेता बनिन्। चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन्। निर्वाचन आयोगले सार्वजनिक गरेको हालसम्मको निर्वाचन नतिजा २०७९ मा लुम्बिनी प्रदेशमा चिदी एक मात्र महिला गाउँपालिका अध्यक्ष विजयी उम्मेदवार देखिएकी छन्। 

पालिकाको उपाध्यक्षमा नेकपा एमालेकै हरीप्रसाद पाठक विजयी भएका छन्। एमालेका पाठकले १ हजार ८५ मतले नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयलाई पराजित गरेका हुन्। एमालेका पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी भए। एकीकृत समाजवादीका पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गरी उपविजेता भए। ९ वटा वडा रहेको बगनासकालीमा ६ वटा वडामा नेकपा एमाले र ३ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ। 

    
नेकपा एमालेले वडा नं २ बाट तीर्थप्रसाद भट्टराई, वडा नं. ३ बाट टिकाबहादुर थापा, वडा नं ४ बाट जितबहादुर कनौजे, वडा नं. ५ बाट ओमप्रकाश गैरे, वडा नं. ७ बाट गणबहादुर बुढाथोकी र वडा नं. ८ बाट मोतिलाल बस्याल विजयी भएका छन्। नेपाली कांग्रेसबाट वडा नं. १ बाट शेरबहादुर चिदी, वडा नं. ६ बाट लक्ष्मीप्रसाद अधिकारी र वडा नं. ९ बाट थानेश्वर तिमिल्सिना विजयी भएका छन्। 
    
२०७४ सालको स्थानीय निर्वाचनमा पालिका अध्यक्षसहित ५ वटा वडा जितेको नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा ३ वडामा खुम्चिएको छ। अघिल्लो निर्वाचनमा एमालेले उपाध्यक्षसहित ४ वटा वडा जितेकोमा २०७९ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा जित हासिल गरी नतिजा सुधार गरेको छ।  
    
पाल्पामा सम्पन्न भएको ९ वटा पालिकाको मतपरिणामा एमाले अग्रस्थानमा रहेको छ। एमालेले ५ अध्यक्ष, ४ उपाध्य, नेपाली कांग्रेसले २ प्रमुख, १ अध्यक्ष, १ उपप्रमुख, २ उपाध्यक्ष र नेकपा माओवादीले १ अध्यक्ष, १ उपप्रमुख, १ उपाध्यक्ष पदमा जीत हासिल गरेको छ। ८१ वडा रहेको पाल्पामा ७६ वडाको मतपरिणाम सार्वजनिक हुँदा एमाले ३८, नेपाली कांग्रेस ३२, माओवादी केन्द्र ५ र जनमोर्चाले १ वटा वडामा जीत हासिल गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.