ताप्लेजुङका पहिरो पीडितलाई तत्काल पुनर्बासको प्रबन्ध गर्न योगेशको माग

ताप्लेजुङका पहिरो पीडितलाई तत्काल पुनर्बासको प्रबन्ध गर्न योगेशको माग

काठमाडौं : ताप्लेजुङमा हालैको बाढी र पहिरोका कारण विस्थापितको पुनर्स्थापनाका लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पहल थालेका छन्।

मंगलबार भट्टराई नेतृत्वको टोलीले राष्ट्रिय विपद् जोखिम न्युनीकरण व्यवस्थापन प्राधिकरणसँग निजी आवास पुनःनिर्माण गरिदिन अनुरोध गरेको छ। प्राधिकरणको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ मा घरवारविहीन भएकालाई निजी आवास मर्मत वा प्रबलीकरण अनुदान दिने व्यवस्था छ।

जसअनुसार हिमाली जिल्लामा पाउने ५ लाख र मर्मत वा प्रबलीकरणबापत तत्काल पाउने ५० हजार रुपैयाँ तथा जमिन नहुनेका हकमा छुट्टै ३ लाख पाउने व्यवस्था छ। सोबापतको रकम तत्काल उपलबध गराउन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग साँसद भट्टराईले अनुरोध गरेका थिए।

जेठ र असारमा परेको अविरल वर्षाका जिल्लाको सिरिजंघा, सिदिङ्वा, मिक्वाखोला, आठराई त्रिवेणी र फक्ताङलुङ गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको कारण ठूलो मात्रामा धनजनको क्षति भएको थियो। दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो।

दुई सय बढी परिवार विस्थापित छन्। उनीहरू अझै पालमुनि बसिरहेको सिरिजंघा गाउँपालिका उपाध्यक्ष डा. चित्र मावोले बताए। प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले क्षतिको पूर्ण विवरण आएपछि तत्काल क्षतिपुर्ति र अनुदान प्रदान गर्ने बताए।

त्यस्तै ताप्लेजुङमा २०७२ सालमा खोक्लिङ, लिवाङ, थुकिमा, सान्थाक्रा, लिङ्तेप लगायत स्थानको पहिरो पीडितलाई क्षतिपूर्ति दिन पनि भट्टराईले प्राधिकरणसँग माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.