म्याग्दीमा लगातार वर्षा : ठाउँ-ठाउँमा पहिरो, यातायात सेवा प्रभावित

म्याग्दीमा लगातार वर्षा : ठाउँ-ठाउँमा पहिरो, यातायात सेवा प्रभावित

बेनी : म्याग्दीका मुख्य सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ ।

जिल्ला सदरमुकाम बेनीदेखि अन्तरजिल्ला र पालिकाहरु जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको हो । 

वर्षात‍्का कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दुरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । काम विशेषले हिँडेका सर्वसाधारणलाई गन्तब्यमा पुग्न समस्या भएको छ । बाग्लुङ–बेनी बाहेकका अन्य प्रमुख सडक अवरद्ध बनेका ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले जानकारी दिए ।  

मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ-ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको छ । म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर रातीदेखि सवारी साधन चलेका छैनन् । मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधिन अवस्थामा छ ।  

बेनी देखि पोखरा, काठमाडौ लगायत सहरमा जाने आउने सवारी साधनहरुलाई बागलुङ–बेनीको बैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी–जोमसोम सडकक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ । 

जलेश्वरमा पहिरोले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध बनेको हो । यसैगरी मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध बनेको छ । 

दुवै ठाउँमा पहिरो खसेर यातायातका साधन आवत जावत गर्न नसक्ने अवस्था छ । बेनी–जोमसोम–कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, स्थानीय तह र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास गरेपनि निरन्तरको वर्षातका कारण समस्या भएको छ । 

शनिबारदेखि म्याग्दीमा निरन्तर वर्षा भइरहेको छ । म्याग्दी, कालीगण्डकी, राहुघाट र अन्य सहायक नदीहरुमा बाढीको सतह बढेको छ । तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुरोध गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.