नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो राखेप

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो राखेप

बेनी : राष्ट्रिय खेलकुद विकास परिषद् (राखेप) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ। परिषद्ले गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी सुरु गरेको हो। 

पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको राखेपले जनाएको छ। खेल पूर्वाधार, प्रशिक्षक, रेफ्रिलगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययनमा जुटेको परिषद्का सदस्य राजेश गुरुङले बताए। 

'देशभरबाट खेलाडी छनौट सँगै गण्डकीको राजधानी पोखराबाहेकका सहरमा पनि प्रतियोगिताको खेल खेलाउन तयारीमा जुटेका छौं,' उनले भने 'पोखरा रंगशालालाई मुख्य खेलस्थल मानेर पोखरा नजिकका गण्डकीका अन्य सहरमा पनि खेल सञ्चालन गर्न अध्ययन भइरहेको छ।'

राखेप सदस्य गुरुङको नेतृत्वको टोलीले शनिबार म्याग्दी, बागलुङ र पर्वतका खेलमैदान र कबर्डहलहरूको निरीक्षण, जिल्ला खेलकुद विकास समिति, जनप्रतिनिधि र खेल संघका पदाधीकारीहरूसँग छलफल गरेको छ। 

कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने पहिचानका लागि अध्ययनमा जुटेको राखेप सदस्य गुरुङले बताए। टोलीले बेनीको खुल्लामञ्च र कालीपुलको कवर्डहहलको निरीक्षण गरेको छ। २०७७ सालमा हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछिल्लो पटक असोज-कात्तिक महिनामा सारिएको थियो। 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीमा भलिबल र तेक्वान्दो खेलको प्रतियोगिता सञ्चालन गर्न टोलीमार्फत राखेपलाई प्रस्ताव गरे। 'राष्ट्रिय टिमका क्याप्टेनलगायत राष्ट्रिय खेलाडीहरू यही जिल्लाका भएका तथा पूर्वाधार र आवास व्यवस्थापन गर्न सकिने भएकाले बेनीमा महिला भलिबल र तेक्वान्दो सञ्चालन गर्न प्रस्ताव गरेका हौ,' उनले भने 'राखेपले म्याग्दीलाई छनौट गर्‍यो भने हामी प्रतियोगितालाई सफल बनाउन सक्छौ।'

भलिबल सञ्चालन गर्न सकिने बेनीको खुल्लामञ्चलाई चालु आर्थिक वर्षमा ५० लाख र तेक्वान्दो सञ्चालन हुने कवर्डहललाई तीन लाख रुपैयाँ बिनियोजन गरेको नगरप्रमुख केसीले बताए। बेनी नगरपालिका-७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले खेलाडी, पाहुना र सरसफाईको कमी हुन नदिने बताए। 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर म्याग्दीले पाएमा सफल बनाउने बताए। म्याग्दीमा भदौ ३ गतेसम्म नामदर्ता, ४ देखि ८ गतेसम्म छनौट खेल सञ्चालन गरी १२ गतेदेखि पोखरामा सञ्चालन हुने प्रदेशस्तरीय छनौट खेलमा पठाउन लागिएको केसीले बताए। 


 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.