कृषि उपज भण्डारण गर्न चिस्यानगृह

कृषि उपज भण्डारण गर्न चिस्यानगृह

बेनी : म्याग्दीको सुन्तला, मुस्ताङको स्याउ र तरकारी भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन सातवटा चिस्यान गृह निर्माण भएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा छ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो। 

स्याउ र सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यानगृह निर्माण भएका परियोजनाका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. सुधिर थापाले बताए। 

'निजी फार्म, कृषक समूह र सहकारीहरूले चिस्यानगृह बनाउन कूल लागतको ८५ प्रतिशतसम्म अनुदान दिइएको छ,' उनले भने 'मुस्ताङमा निर्माण भएका चिस्यानगृहबाट कृषकले स्याउलाई भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बेच्न पाएका छन।' 

आर्थिक वर्ष २०७६/७७ मा ५ टन क्षमताको एक वटा, २०७७/०७८ मा ४२ टन क्षमताको तीन वटा र आर्थिक वर्ष २०७८/७९ मा ३० टन क्षमताको तीनवटा चिस्यान गृह निर्माण भएका छन्। मुस्ताङको मार्फा, पाण्डाखोला, जोमसोम, चिम्ले, धवाङ र म्याग्दीको नारच्याङमा चिस्यानगृह निर्माण भएको परियोजनाले जनाएको छ। 

परियोजनाका कृषि अधिकृत बिक्रम बस्यालले चालु आर्थिक वर्ष २०७९/८० मा चारवटा चिस्यानगृह बनाउने कार्यक्रम रहेको जानकारी दिए। वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्। 

परियोजनाको पहलमा मुस्ताङमा असोज महिना लागेपछि मात्र स्याउ बजारमा पठाउने नियम बनाइएको छ। स्याउको गुणस्तर घटेको गुनासो न्यूनीकरण र मुस्ताङी स्याउको ब्राण्ड बचाउन स्थानीय तहहरूसँग समन्वय गरेर पछिल्ला दुई वर्षयता पाकेपछि मात्र स्याउ बजार पठाउने गरिएको परियोजनाका प्रमुख थापाले बताए। 

नारच्याङको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले दश हजार किलोग्राम तरकारी र फलफूल भण्डारण गरेर राख्न सकिने क्षमताको चिस्यानगृह बनाएको बताए। 

'यस क्षेत्रका कृषकले उत्पादन गरेका सुन्तलाजात फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यानगृह बनाइएको हो,' उनले भने 'बेमौसममा बढी मूल्य पार्न सकिनुका साथै बजार नपाउने समस्या पनि हट्ने अपेक्षा गरेका छौ।' सुन्तलालाई दुई महिना, स्याउलाई ५ देखि ६ महिना भण्डारण गरेर राख्न सकिने गुरुङले बताए। 

परियोजनाले मुस्ताङमा स्याउ, च्याङग्रा, म्याग्दीमा बंगुर, आलु, म्याग्दी, पर्वत र बागलुङमा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ। कूल ३७९ वटा फर्म, समूह र सहकारी लाभान्वित पाँचवटै जोन कार्यक्रम मार्फत हालसम्म ११ करोड ८८ लाख रुपैयाँ बजेट खर्च भएको छ। 

३५२ हेक्टर सुन्तला, ५४.३३ हेक्टर स्याउ खेती विस्तार, ६९ वटा साना सिँचाइ आयोजना निर्माण, ११ वटा सुन्तला, तीनवटा स्याउको नर्सरी स्थापना, छवटा मासु पसल र ११ वटा च्याङग्राको गोठ सुधारमा सहयोग गरिएको परियोजनाले जनाएको छ। 

स्याउ जोनमार्फत चारवटा गेडिङ मेसन, ६५ वटा मिनिटेलर, ४१ व्टा पावर स्प्रे, ६० वटा ग्रास कटर, ५१ वटा डिजिटल तराजु, २३ वटा ह्याड स्प्रे, ३७ वटा फुट स्प्रे, ४७ वटा सुकुटी बनाउने मेसिन, १६३ वटा सानो सिकेचर, १० वटा ठुलो सिकेचर, ७१ वटा स्याउ पिकर, ४८ वटा क्लिपर, ७३ वटा करौती, दुई हजार १९० थान क्रेट वितरण भएको छ। 

सुन्तला जोनमार्फत ३३ वटा फल टिप्ने झर्‍याङ, ८२ वटा मिनिटेलर, ९६ वटा पावर स्प्रे, ६ वटा ग्रास कटर, १२ वटा डिजिटल तराजु, २६ वटा ब्याट्री स्प्रे वितरण भएको छ। छ हजार ५०० सुन्तला, १८ हजार उच्च घनत्व र १६ हजार ५०० स्थानीय जातका स्याउका विरुवा वितरण भएको परियोजनाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.