राष्ट्रिय महिला भलिबल प्रतियोगिता : पहिलो चरणको खेल सकियो

राष्ट्रिय महिला भलिबल प्रतियोगिता : पहिलो चरणको खेल सकियो

बेनी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको पहिलो चरणको प्रतिस्पिर्धा आइतबार सकिएको छ। 

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगितामा मधेश र कर्णाली प्रदेश पहिलो चरणको खेलबाट बाहिरिएका छन्। 

लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन्। 

आइतबार सशस्त्र प्रहरीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरेका थिए। 

सशस्त्रले सेनालाई एकका विरुद्ध तीन र बागमतीले मधेशलाई सोझो तीन सेटले पराजित गरेको हो। खेलको पहिलो, तेस्रो र चौथो सेट सशस्त्र तथा दोस्रो सेट सेनाले जितेका थिए।  

विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको सशस्त्रले सेनालाई पहिलो सेट २५-२०, तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ मा पराजित गरेको थियो। 

सशस्त्रका विरुद्ध २५-१९ ले दोस्रो सेट जितेको मनिषा खाँडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन्। 

ललिता महतको कप्तानीमा मैदानमा उत्रिएको बागमतीले प्रजुना थापाको नेतृत्वमा रहेको मधेश प्रदेशको टोलीलाई २५-६, २५-८ र २५-७ को फराकिलो अन्तरमा पराजित गर्‍यो। 

एपिएफकी निरुता ठगुल्ना र बागमतीकी जेनिसा विकलाई आइतबारको खेलमा वमेन अफ द म्याच घोषणा गरिएको छ। 

चार वटा समूहबाट आठ टीम क्वाटर फाइनल प्रवेश गरेका छन्। तीन/तीन टीम रहेको समूह (ए)बाट सशस्त्र र त्रिभुवन आर्मी तथा (वि)बाट बागमती र लुम्वीनी क्वाटर फाइनल प्रवेश गरेका भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिए। 

उनका अनुसार दुई/दुई टीम रहेको समूह (सि)बाट नेपाल पुलिस क्लब र (डि)बाट गण्डकी प्रदेश क्वाटर फाइनल प्रवेश गरेका छन्। 

सोमबारदेखि सुरु हुने क्वाटर फाइनलको पहिलो खेल समूह (ए)को विजयी सशस्त्र र समूह (सि)को उपविजेता लुम्वीनी प्रदेशबीच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताए। 

समूह (बि)को विजयी बागमती र समूह (डि)को उपविजयी सुदूरपश्चिम तथा समूह (सि)को विजेता नेपाल पुलिस क्लब र समूह (ए) को उपविजेता सेनाको प्रतिस्पर्धा हुने उनले बताए। 

सोमबार नै क्वाटर फाइनलको अन्तिम खेल समूह डिको विजयी गण्डकी र समूह (बि)को उपविजेताबीच हुने भएको छ। प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.