गण्डकीका ऊर्जा मन्त्रीलाई हटाउँदै मुख्यमन्त्री

गण्डकीका ऊर्जा मन्त्रीलाई हटाउँदै मुख्यमन्त्री

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा स्रोत मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने भएका छन् । 

सत्ता गठबन्धनको साटो विपक्षीलाई सहयोग गरेको आरोपमा आचार्यलाई मुख्यमन्त्रीले आजै हटाउने भएका हुन् । 

आचार्यले गोरखा २ (१) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । बाबुराम भट्टराईको पार्टीबाट मन्त्री बनेका आचार्यले पछि उम्मेदवारी फिर्ता भने लिएका थिए । उनको पार्टी नेपाल समाजवादी पार्टी भने सत्ता गठबन्धनमा सामेल छ । तर ,आचार्यले गोरखामा एमालेलाई सहयोग गरेको आरोप छ । 

मुख्यमन्त्री पोखरेल नवलपुरबाट पोखरा आउँदै गरेको उनीनिकट स्रोतले जनायो । ‘पोखरा पुग्ने वित्तिकै प्रदेश प्रमुखलाई भेटेर पत्र दिनुहुनेछ,' स्रोतले भन्यो । 

मन्त्री आचार्य भने आज पनि कार्यकक्षमै छन् । मन्त्रीबाट हटाइन लागेको थाहा नभएको उनले बताए । तर हटाइए पनि आफूलाई पश्चाताप नहुने उनको भनाइ छ । उम्मेदवारी दर्ता गर्दाको समयदेखि नै आफू कुनै पार्टी नरहेको र स्वतन्त्र भएको प्रतिक्रिया उनले दिएका छन् । ‘मैले कसैलाई भोट मागेको छैन, कसैको चाकडी गरेर पदमा बस्नु पनि छैन,’उनले भने । 

गोरखा २ (ख) बाट प्रदेश सभामा बाबुराम भट्टराईनिकट फणीन्द्र देवकोटा सत्ता गठबन्धनबाट उम्मेदवार छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.