घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो

घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो

बेनी : म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ । 

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्र सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित घोडेपानी र तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो । 

घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुनले कोरोना (भाइरस)को महामारीका कारण वि.स. २०७६ को असोज–कात्तिकको यामदेखि सुनसान बनेको घोडेपानीमा पछिल्लो यामदेखि पर्यटक आगमन बढेको जानकारी दिइन् ।  

‘२०७७ र २०७८ को दुई वटै याममा सुनसान भयो,' उनले भनिन् ‘यसपालीको याममा नसोचेको पर्यटक आए । हामी उत्साहीत छौं ।’ 

दैनिक ५०० जनाको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक घोडेपानी पुग्ने गरेका छन् । 

घोडेपानी पर्यटक प्रहरी चौकीका अनुसार २०७९को वैशाखदेखि कात्तिक तेस्रो सातासम्म १४ हजार ६८४ जना पर्यटकले भ्रमण गरेका छन् । कोरोनाअघि घोडेपानीमा वार्षिक ३० देखि ६० हजार जना पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । 

वैशाखमा दुई हजार १८५, जेठमा ७१९, असारमा ४७६, साउनमा ६२७, भदौमा एक हजार ३९, असोजमा छ हजार ९१४ र कात्तिकको १६ गतेसम्म दुई हजार ७२४ जना पर्यटक आएका चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोष भुषालले बताए ।  

चौकीले घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा भएर घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको तथ्याङ्क राख्ने गरेको छ । यो तथ्याङ्क भ्रमणका लागि अनुमति लिएर आएका विदेशी पर्यटकको मात्र हो । पर्यटक मजदुर र नेपालीहरु प्नि विदेशीकै संख्यामा आएका प्रहरी सहायक निरीक्षक भुषालले बताए ।  

घोडेपानीमा पर्यटकको बसोबासका लागि २३ वटा सुविधायुक्त होटलहरु छन् । ती होटलमा दैनिक ७०० जना पर्यटक वास बस्न सक्दछन् । पोखरा, काठमाडौं, चितवन, बुटवल, बागलुङ, पर्वत र मधेशका जिल्लाबाट विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवसायीहरु समूह बनाएर आउने क्रम बढेको घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाले बताए ।  

आन्तरिक पर्यटकलाई आकर्षित गर्न कोठा भाडा र खानामा सहुलियतको सुविधा दिइएको उनले बताए । हिमशृङखला, सुर्योदय, पहाडी भूगोल, मगर संस्कृति, गुराँसको जंगल, वन्यजन्तु र पंक्षीको अवलोकनका लागि घोडेपानी र पुनहिलमा पर्यटक आउने गर्छन् । 

घोडेपानीदेखि करिब एक घण्टाको उकालो पैदलयात्रा गरेपछि पुनहिलमा पुगिन्छ । पुनहिलबाट सुर्योदय, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, सिस्ने, मनास्लु रेञ्जका हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । गुराँसको जंगलको विचमा रहेको पहाडको टाकुरामा रहेको पुनहिलबाट वरपरका वस्ति र पहाडी भूगोलको दृष्य पनि देखिन्छ । 

अस्टे«लीयाका आलेनले नदी किनार देखि हिमालको फेदी सम्मका दृष्य, स्थानीयवासीको आत्मियता र रहनसहनले घोडेपानी भ्रमण रमाइलो भएको अनुभव सनाए । एभरेष्ट टुर्स एण्ड ट्राभल्सका पथप्रर्दशक नवराज श्रेष्ठले यो सिजनमा अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आगमन सन्तोषजनक देखिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.