स्याङजा- १ मा मतगणना सुरु

स्याङजा- १ मा मतगणना सुरु

स्याङ्जा: दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । दिउँसो सवा १ बजे मतगणना सुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीण बैठकले निर्णय गरेपनि तयारी नपुग्दा ढिलाइ भएको हो । 

मतगणना प्रत्यक्ष र समानुपातिक दुबै एकैपटक सुरु गरिएको छ । यहाँ त्रिभुवन आदर्श मावि केन्द्रबाट मतगणना गरिएको हो । यस केन्द्रका संघको मत गणनासँगै प्रदेश 'क' को मतगणना हुने मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताए ।

यहाँ क्षेत्र नं १ मा कूल ७१ हजार २७३ मत खस्दा प्रदेश (क) मा ३३ हजार १९८ र (ख) मा ३८ हजार ७५ मत खसेको छ । 

यस्तै क्षेत्र नं २ मा भने मतगणना कति बेला हुने अनिश्चित बनेको छ । गठबन्धनले चार बुथ कब्जा गरेको भन्दै एमालेले पुन: मतगणना हुनुपर्ने दाबी गरेसँगै मतगणना अनिश्चित भएको हो । 

क्षेत्र नं २ मा ६९ हजार ९२८ मत खस्दा कमा ३१ हजार २८६ र ख ३८ हजार ६४२ मत खसेको हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.