हुम्लामा चार दिनपछि मतपेटिका ढुवानी

हुम्लामा चार दिनपछि मतपेटिका ढुवानी

सिमकोट : मतदान भएको चार दिनपछि हुम्ला जिल्लाका मतपेटिका सदरमुकाम सिमकोट पुर्‍याइएको छ। 

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर पठाएपछि प्रदेश निर्वाचन क्षेत्र नम्बर १ अन्तरगतका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम सिमकोट पुर्‍याइएको हो। 

मतपेटिका ढुवानीको जिल्ला लिएको गृहमन्त्रालयले अहिले ११ बजे नेपाली सेनाको हेलिकोप्टर जिल्लामा पठाएपछि जिल्ला सुरक्षा समितिले सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाडमा राखिएका मतपेटिका ढुवानी गरेको हो। 

प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मातहतका ३४ वटा मतदान केन्द्रका १३६ मत पेटिका ढुवानी गरेर सिमकोट ल्याइएको हो। 

प्रतिनिधिसभाको प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा प्रत्यक्ष र प्रदेशसभा समानुपातिकतर्फ गरेर हरेक मतदान केन्द्र चार मतपेटिकाका दरले १३६ मत पेटिका नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरेर ल्याइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन्। 

गत आइतबार सम्पन्न मतदान लगत्तै आफूले गृहमन्त्रालयमार्फत मतपेटिका ढुवानीको ताकेता गर्दा पनि विभिन्न कारणले जिल्लाका मतपेटिका ढुवानी गर्न नसकेको उनको भनाइ छ। 


मतगणना एक घण्टाभित्र 

चार दिनपश्चात् मतपेटिका सदरमुकाम सिमकोट पुर्‍याइएको हुम्लामा अबको एक घण्टाभित्र मतगणना कार्य सुरु हुने भएको छ। 

सिमकोट विमानस्थलबाट तल्लो बजारमा रहेको मुख्य निर्वाचन कार्यालयमा मतपेटिका पुगे लगत्तै सर्वदलीय बैठक बसेर त्यसको निर्णय अनुसार मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत दिल प्रसाद सापकोटाले जानकारी दिए।  

‘हामीले मतगणनाका निर्धारित मापदण्डका बारेमा जिल्ला स्थित राजनीतिक दलहरुलाई जानकारी गराए लगत्तै मतणनाका कार्य सुरु गछौं’ अधिकृत सापकोटाले भने, ‘गणना कार्य बढिमा एक घण्टाभित्र हुन्छ।’ 

५८ वटा मतदान स्थल र ५९ वटा मतदान केन्द्र भएको हुम्लामा ३२ हजार ८ सय ३ कूल मतदातामध्ये २५ हजार ९५ मत खसेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.