स्याङ्जा-२ मा धनराज गुरुङ १४७३ मतले अगाडि, पद्मालाई पछ्याउँदै रास्वपा

स्याङ्जा-२ मा धनराज गुरुङ १४७३ मतले अगाडि, पद्मालाई पछ्याउँदै रास्वपा

स्‍याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले १४७३ मतान्तरले अग्रता लिएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले ५९७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्मा अर्यालले ४५०३ मत प्राप्‍त गरेकी छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १६२५ मत ल्याइ तेस्रो स्थानमा रहेका छन्।

प्रदेशसभामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ।  प्रदेशसभा सदस्य कांग्रेस उम्मेदवार भोजराज अर्यालले ६४७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मोहन रेग्मीले  ५०९६ मत पाएका छन्।

उनीहरुबीच १३७६ मतान्तर छ। मतगणना जारी छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.