बेनीमा २० औं जेसिजकप फुटबल प्रतियोगिता सुरु

बेनीमा २० औं जेसिजकप फुटबल प्रतियोगिता सुरु

बेनी : म्याग्दी जेसीजको आयोजनामा बुधबारदेखि बेनीमा २० औं अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ।  

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका छन्। प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे। म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस वर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ। 

प्रतियोगितामा विजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद  ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले बताए। 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद ७ हजार ७७७ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

सेमी फाइनलमा पुग्ने २ टिमलाई ५ हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ। प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार र अनुशासित टिमलाई सात हजार ७७७ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। 

विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्री उत्पादनमा योगदान गरेको छ। यसपालि सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिने म्याग्दी जेसीजले जनाएको छ। 

जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन्। हालसम्म प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.