कृषि कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

कृषि कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

सिमकोट : जिल्ला कृषि विकास कार्यालय हुम्लामा कर्मचारी नहुँदा कामकाज प्रभावित भएको छ। 

हिउँदको समय लागेसँगै कार्यालयमा कर्मचारी छैनन्। कर्मचारी नहुँदा कामका लागि तीनचार दिनको पैदल आएका सिमकोट पुगेका जिल्लाका कृषक रित्तो हात घर फर्किन बाध्य छन्। 

कार्यालयमार्फत हुने विभिन्न अनुदान तथा अन्य कार्यक्रमको सम्झौता भुक्तानी र बेमौसमी तरकारीका बिउ, कृषिमा लागेका रोगका बारेमा जानकारी लिन आउने सेवाग्राहीले सेवा पाएका छैनन्। 

कार्यालयमा कर्मचारी नभेटिएपछि आफूलाई सिमकोट आउने र जाने क्रममा लागेको खर्च समेत कार्यालयले व्यहोर्नुपर्ने तीन दिनको पैदलबाट सदरमुकाम पुगेका सर्केगाड गाउँपालिकाका स्थानीय उपभोक्ता समितिका एक सदस्यले जानकारी दिए। 

'चिसोमा लामो बाटो काटेर काम होला भनेर यसरी आइयो, नाम उल्लेख गर्दा आफ्नो आयोजनाको कार्यान्वयनका कार्यालयका कर्मचारीले दुःख दिनसक्ने भन्दै नाम उल्लेख गर्न नमानेका ति कृषकले भने, ‘मंसिरपछि त जिल्लाका कार्यालयमा कर्मचारी हुँदा रहेनछन्। प्रदेशबाट भनेर छिटो काम सकाउन, योजनाको सम्झौता गर भनेर हरेक दिन फोन गरेका गरेइछन्। हामी पनि क्या (के) गर्नु ?’

सर्केगाड गाउँपालिका-१ को तुम्चमा रहेको ठाडो कुलो सिँचाइको सम्झौता गर्नका लागि जिल्ला सदरमुकाम सिमकोट पुगेको बताएका उपभोक्ता समितका अध्यक्ष दन्तबहादुर मल्लले पनि कार्यालयमा कर्मचारी नभएका कारण आफ्नो काम नभएरै घर फर्किनु पर्ने अवस्था आएको बताए। 

‘प्रदेश अन्तरगतको आयोजनाको खाता खोल्नका लागि कृषि विकास कार्यालयसँग समझौता गर्नुपर्ने भयो’ मल्लले थपे तर कार्यालयमा कर्मचारी नहुँदा कार्यालय बाहिर बसेर दिन बिताउनुबाहेक अरू काम केही भएन।’

नेपाल सरकार र कर्णाली प्रदेश सरकारमार्फत आएका हुम्लाको कृषिसम्बन्धी आएका कार्यक्रमको कार्यान्वयन गर्ने कार्यालय हुम्लामा १३ जनाको दरबन्दी छ। 



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.