चीनले एकतर्फी खोल्यो यारी नाका

चीनले एकतर्फी खोल्यो यारी नाका

सिमकोट :  कोराना भाइरसको कारण देखाउँदै तीन वर्षदेखि बन्द भएको हुम्लाको हिल्साको यारी नाका चीनले एकतर्फी खोलेको छ। 

लामो समयदेखि नेपाल पक्ष (हुम्ला)बाट नाका खोल्न पटकपटक अनुरोध गर्दा पनि कोरोना भाइरसको संक्रमणबाट रोक्ने स्थानीय प्रोटोकलको माग गर्दै आएको चीनले छोटो समयका लागि एकतर्फी यारी नाका सोमबारबाट लागु हुने गरी खुला गरेको हो। 

जिल्लाको उत्तरी क्षेत्रका नाम्खा गाउँपालिकाका अधिकांश बस्तीको दैनिक उपभोग्य सामान, खाद्यान्नदेखि रोजगारी गर्ने केन्द्रका रूपमा रहेको हिल्सा नाका खोलेसँगै पहिलो दिन ८ ट्रक दैनिक उपभोग्य सामग्री नेपाल आयात गरिएको यारी भान्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए।

चीनले नाका खुला गर्ने जानकारी नेपाल पक्षलाई पठाउने बित्तिकै सोमबारदेखि दैनिक उपभोग्य, निर्माण र व्यापारिक सामान आयात भएको कार्यालय प्रमुख जैसीले बताए। 

‘नाका खुलेको पहिलो दिन हुम्लाका स्थानीय व्यापारीका जुत्ता, चप्पल, कम्बल, न्यानो कपडा, विकास निर्माणका सामग्री, खाद्य वस्तु ल्याउने काम भएको छ’, जैसीले अन्नपूर्णपोस्टसँग भने ‘नाका खुलेको अवधिमा नुन, तेल, चामल, पिठो र पेट्रोलियम पदार्थ आयातका लागि चीन सरकारका पदाधिकारीसँग कुरा भएको छ।’

दैनिक उपभोग्य वस्तु आयातले स्थानीय खुशी 

लामो समयदेखि यारी र लिमि लाप्चाको नाका बन्द भएपछि दैनिक उपभोग्य वस्तु आयात गर्न नपाएको उत्तरी नाम्खा गाउँपालिकाको लिमी, यारी, याल्वाङ क्षेत्रका स्थानीय खुशी भएका छन्। 

नाका खुला नहुँदा दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्रीको अभाव झैल्दै आएका नाम्खालगायत हुम्लाको माथिल्लो क्षेत्रका नागरिकलाई यो खबरसँगै खुशी बनाएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। 

‘नाम्खाका सबै वस्ती र सिमकोटसहित हुम्लाको माथिल्लो क्षेत्रका बस्ती वर्षौदेखि चीनको ताक्लाकोट बजारमै भर पर्नुपरेको छ,’ वडाध्यक्ष तामाङले थपे, ‘कोरोना महामारीको कारण देखाउँदैं हिल्साको यारी र लिमीको लाप्चा नाका बन्द भएपछि हामी (लिमीवासी) जीविकोपार्जनमा ठूलो समस्या भयो।’ 

वैशाखदेखि कार्तिक महिनासम्म आफ्नो क्षेत्रको रोजागरीका लागि समेत जाने उक्त स्थानमा जाने गरेको बताएको तामाङले तीन वर्षयता रोजगारीपनि खोसिएको बताए।

नाम्खा गाउँपालिकाका प्रायः युवा बर्सेनि मजदुरीका लागि ताक्लाकोट जाने गरेका थिए तर पछिल्लो समय चीनले नाका बन्द गरेपछि ताक्लाकोट बजारमा जान नपाउँदा युवा बेरोजगार भएर बस्न बाध्य भएको नाम्खा ५ तुम्कोटका छपाल लामाले बताए। 

बन्द भन्सार कार्यालय सञ्चालन

लामो समयदेखि बन्द भएको यारी भन्सार कार्यालय दुई दिनयता खुलेको छ। एकतर्फी रूपमा नाका खोल्ने निर्णय गरेपछि लामो समय बन्द भएको भन्सार कार्यालय खुलेको हो। 

नाका बन्द भएपछि कुनै सामान आयात नहुँदा भन्सार कार्यालय भन्द भएको बताएका कार्यालयका प्रमुख रामराज जैसीले सोमबारयता कार्यालय नियमित रूपमा सञ्चालनमा आएको बताए। 

नाका खोल्ने समयसम्म कार्यालय खुला रहने बताएका जैशीका अनुसार पछिल्लो समय नाकाबाट राज्यलाई राजश्व समेत संकलन सुरु भएको छ। सोमबार नाका खुल्ला गरेसँगै कर्मचारी नाकामा राजस्व संकलन गर्न हिँडेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.