हुम्लाको रैथाने बालीको बजारीकरण गर्न सम्झौता

हुम्लाको रैथाने बालीको बजारीकरण गर्न सम्झौता

सिमकोट : स्थानीय बालीको संकलन, ढुवानी र बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता भएको छ। 

गाउँपालिका आठवटा वडा र आसपासका गाउँहरूका स्थानीय किसानहरूले उत्पादन गरेका रैथानै बालीहरू, चिनो, कागुनो, फापर, जौ, उवा, सिमीको संकलन, बजारीकरण गर्न जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा सम्झौता भएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले जानकारी दिए। 

‘सरकारले दिएको ढुवानी अनुदानमा हवाईजहाजमार्फत ढुवानी भएको चामलमा भरपर्दा रैथाने बालीहरूको उत्पादन निरन्तर घट्दै गएपछि गाउँपालिकाले जिल्लाका रैथाने बालीलाई जिल्ला बाहिर लैजान यस्तो सम्झौता गरेको हो,’ पालिका अध्यक्ष भण्डारीले भने, ‘गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधाआधा लगानीमा किसानको घरबाट रैथाने बालीहरूको संकलन, ढुवानी र नेपालगञ्ज काठमाडौंमा बजारीकरण गर्नेमा दुवै पक्षबीच सहमति भएको छ।’

हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारको रोहबरमा जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौताअनुसार गाउँपालिकाले पहिलो चरणमा चिनो, कागुनो, फापर कम्तीमा ५०/५० क्विण्टल र सिमीको हकमा ५० क्विण्टलभन्दा माथि संकलन गर्ने र सोहीअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारको व्यवस्था गर्ने सहमति भएको हो। 

उनका अनुसार रैथाने बालीको संकलन, ढुवानी र बजारीकरणका लागि गाउँपालिका र कम्पनीबीच गएको कात्तिक ३ गते सम्झौता भएको थियो। 

केन्द्रीय स्तरमा भएको सम्झौतालाई कार्यान्वयन गर्न जिल्लामा संकलन र ढुवानी गर्न कम्पनीको जिल्ला शाखासँग सम्झौता भएको  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.