नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रकाश माविलाई

नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रकाश माविलाई

बेनी : बेनी नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रकाश मावि विजयी भएको छ । 

१५ स्वर्ण, ५ रजत र ९ कास्य पदकसहित प्रकाश माविले नगद ५१ हजार रुपैयाँ पुरस्कार सहित रनिङ्ग शिल्ड, ट्रफी र खेलाडीहरुले मेडल प्राप्त गरे । १० स्वर्ण, १० रजत र ९ कास्य पदक जितेको माउन्ट एभरेष्ट आवासीय मावि द्वितीय भयो । माउन्टले यसअघि एकपटक राष्ट्रपति रनिङ्ग शिल्ड जितेको थियो । 

यसअघि दुई पटक रनिङ्ग शिल्ड जितेको न्यु वेष्ट पोइन्ट आवासीय मावि ८ स्वर्ण, १४ रजत र ८ कास्य पदक सहित तेस्रो स्थानमा खुम्चियो । दोस्रो र तेस्रो हुने विद्यालयले नगद ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँसहित ट्रफीको साथै विद्यार्थीले मेडल र प्रमाणपत्र पाए । 

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, निवर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्ष उत्तम कर्माचार्य, रमेशकुमार श्रेष्ठ, प्रहरी नायव उपरिक्षक तिलक भारती, प्रकाश थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।  

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २९७ पदकका लागि २५ वटा विद्यालयका करिब नौ सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आटर््स बिधाका ४८ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । विधागत खेलमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको थियो । 

खुल्ला मञ्चमा एथलेटिक्स, न्यु वेष्ट पोइन्ट आवासीय माविको खेलमैदानमा भलिबल, कवर्डहलमा मार्सल आट्स र कवड्डी खेल सञ्चालन गरिएको छ । नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको  प्रतियोगिता खेल्ने अवसर पाउने नगर उपप्रमुख लामिछानेले बताइन् ।  

नगर प्रमुख केसीले सहभागी २५ मध्ये १९ वटा विद्यालयले पदक जितेर खेललाई शिक्षासँग जोड्ने नगरपालिकाको प्रयास सफल भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.