सिमकोटमा सुत्केरीलाई ‘पोषण थैली’

सिमकोटमा सुत्केरीलाई ‘पोषण थैली’

सिमकोट : हुम्ला सिमकोट गाउँपालिकाले गर्भवती र सुत्केरीका लागि ‘पोषण थैली’ उपहार दिन सुरु गरेको छ। 

सुनौलो हजार दिनका महिलाको पोषणमा सुधार ल्याउन हुम्लाको सिमकोट गाउँपालिकाले ‘पोषण थैली’ वितरण सुरु गरेको हो। 

पोषण नपुगेर गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्य अवस्था बिग्रदै जाने गरेका कारण गाउँपालिकाले चालु आर्थिक वर्षबाट सुरु गरेको नयाँ कार्यक्रम ‘अध्यक्ष उपाध्यक्ष ल्याउँदै छन् कोशेली, गर्भवती र सुत्केरीलाई पोषण थैली’ भन्ने नाराका साथ सुनौलो हजार दिनका आमाहरूलाई पोषणयुक्त खाद्यन्न समावेश गरेको पोषण थैली वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी (प्ररिोध)ले जानकारी दिए।  

गाउँपालिकाले वडा नम्बर २ ठेहेमा भएको स्वास्थ्य चौकीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै पोषण थैली वितरण कार्यक्रमको सुरु गरेको हो। 

आज वडाका १० जना गर्भवति र सुत्केरीलाई ‘पोषण थैली’ वितरण गरिएको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले जानकारी दिए। 

पोषणा थैलीमा पालिकाले ४ पोका तेल, १ क्यारेट अण्डा, ५ वटा कपडा धुने साबुन, ५ वटा नुहाउने सावुन, ५ केजी रातो चामल, आधा किलो घ्यू, महिलाका लागि कपडा, एउटा ग्रीन हाउसको पाल, तरकारीको बिउ, नङकट, ब्रस, मञ्जन लगायतका सामग्री समावेश छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.