उपराष्ट्रपतिमा रास्वपाले ममता झालाई मतदान गर्ने

उपराष्ट्रपतिमा रास्वपाले ममता झालाई मतदान गर्ने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीको ममता झालाई मत दिने भएको छ। उपराष्ट्रपतिको उम्मेदवार जनमत पार्टीका झालाई मत दिन रास्‍वपाका सांसदहरू एक मत देखिएको जानकारी रास्वपाका एक नेताले जानकारी दिए।

उनले भने,'उपराष्ट्रपति निर्वाचन आचारसंहिताका कारण कसलाई मत दिने भन्नेबारे सार्वजनिक गर्न मिल्दैन। तर  जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार उठाएका कारण झाज्यूलाई मतदान गर्ने भन्नेछ। यो हाम्रो पार्टीको औपचारिक निर्णय भने होइन।'

रास्वपाले उपराष्ट्रपतिमा मत दिने / नदिनेबारे निर्णय लिन बिहान ११:३० बजे पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बोलाएको थियो। तर निर्वाचन आचारसंहिताको कारण भन्दै बैठक स्थगित गरेको थियो।

राष्ट्रपति निर्वाचनमा भने रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.