विश्व बैंकले गल्फागाड–कालागाड सडक कालोपत्रे गर्ने

विश्व बैंकले गल्फागाड–कालागाड सडक कालोपत्रे गर्ने
सुन्नुहोस्

सिमकोट : विश्व बैंकले ग्रामीण पहुँच कार्यक्रम (र्‍याब)ले निर्माण गरेको अदानचुली गाउँपालिका अन्तर्गतको गल्फागाड–कालागाड सडक कालोपत्र गर्ने प्रस्ताव गाउँपालिकालाई गरेको छ। 

गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि सम्मीलित अनुगमन टोलीसहित उक्त सडकको स्थलगत अनुगमनमा हुम्ला पुगेका विश्व बैंकका इन्जिनियरले उक्त प्रस्ताव गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए।

‘गल्फागाडको साँघुढुंगादेखि कालागाडसम्मको सडक अनुगमनपश्चात् आयोजित सामूहिक बैठकमा विश्व बैंकले उक्त सडकलाई कालोपत्र गर्ने प्रस्ताव गरेको छ’, अध्यक्ष सिंहले अन्नपूर्णसँग भने ‘उक्त खण्डको स्थलगत अनुगमनपश्चात् पालिकाका जनप्रतिनिधि, प्राविधिक, स्थानीय नागरिकहरूको बैठकमा गरिएको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं।’

विश्व बैंकको आर्थिक सहयोगमा र्‍याव २ मार्फत अदानचुलीमा १४ किलो मिटर २ सय मिटर सडक निर्माण गरिएको थियो। अदानचुली गाउँपालिकाको लाइफलाइनका रूपमा रहेको उक्त सडकलाई आगामी डेढ वर्षमा कालोपत्र गर्दै पालिकाका अन्य काममा सहजीकरण गर्ने प्रस्ताव आएको अध्यक्ष सिंहले बताए। 

जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा सञ्जयसहितको पालिका अध्यक्ष सिंहको टोलीमा का इन्जिनियर भुवनेश त्रिपाठी हुम्ला पुगेका छन्। सडक चौडा गर्दै कालोपत्र गर्ने काममा कसैको घरजग्गा गएको विषयमा विवाद सिर्जना भए बैंकले काम सुरु नगर्ने पूर्वचेतावनी त्रिपाठीले दिएका छन्। 
‘नालीसहित ८ मिटर चौडाइको तयारीका लागि सडक तल माथिका घर टहरा उठाउन पालिकाले आफैं जिम्मेवार हुनुपर्छ’, उनले भने, ‘सुरुको चरणमा सडक निर्माण गरेर पालिका जोड्ने त्यसपछि वडासँगै शिक्षा, स्वास्थ्य, कोल्डस्टोर, खेतीयोग्य र बजारीकरणसम्मको काम गर्ने  लक्ष्य को छ।’ 

प्राविधिकको डिटेल सर्भे प्रतिवदनअनुसार बैंकले टेन्डर आह्वान गर्ने अदानचुली-५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.