कर्णालीमा बेपत्ता बुढाको पुत्ला बनाएर दाहसंस्कार

कर्णालीमा बेपत्ता बुढाको पुत्ला बनाएर दाहसंस्कार
सुन्नुहोस्

सिमकोट : कर्णाली नदीमा बेपत्ता भएका अदानचुली गाउँपालिकाका सवारी चालक छक्क बुढा नभेटिएपछि घरपरिवारले आज पुत्ला बनाएर दाहसंस्कार गरेका छन्। 

बिहीबार दिउँसो १२ बजे अदानचुलीको आरजितेमा माछा मार्न कर्णाली नदी पार गर्ने क्रममा नदीमा बेपत्ता भएका बुढाको सबैतिरबाट खोजि कार्य गर्दा पनि नभेटिएपछि जीवित नरहेको निचोड निकालेर घर परिवारले स्थानीय परम्परा अनुसार दाहसंस्कार गरेको उनका आफन्त अदानचुली २ बुढाबाडाका लालबहादुर बुढाले बताए । 

‘बेली (हिजो) बिहिबार दिउँसो माछा मार्ने जाल हातमा बोकेर कर्णाली पारी जाने क्रममा कर्णालीको बीच भागमा डुबेको समयदेखि श्रीनगर र गल्फागाड प्रहरी चौकीका सुरक्षाकर्मी, अदानचुली गाउँपालिकाका पदाधिकारी र कर्मचारी, स्थानीय गरी झण्डै तीन सयको संख्यामा जम्मा भएका मानिसले नदी किनारका अधिकांश ठाउँमा खोजेपनि न लाश न शाश (श्वास) केही भेटिएन’ बुढाले अन्नुपूर्णसँग भने, ‘खोजी कार्यमा केही टुंगो नलागेपछि सबैको सल्लाहमा हामीले बेपत्ता भएका छक्कको पुल्तो (पुत्लो) मै स्थानीय परम्पराअनुसार दाहसंस्कार गर्ने काम गरेका हौं।’

गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चालक बुढा बेपत्ता भएसँगै अदानचुली गाउँपालिकाले दुःख व्यक्त गर्दै खोजी कार्यमा खटिन सबै पक्षलाई आग्रह गरेको थियो। तर २४ घण्टासम्म कतैबाट केही टुंगो नलागेपछि अन्ततः बुढाको अन्त्यष्टी गरिएको जनाइएको छ। 

सूर्योदय माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य, नेकपा माओवादी केन्द्र २ नम्बर वडा कमिटीटका अध्यक्ष समेत रहेका बुढा कर्णाली नदीमा बेपत्ता भएपछि उनी सम्बद्ध संघसंस्था, पार्टी र आफन्तजनले गहिरो दुःख व्यक्त गरिरहेका छन्। 

कर्णाली नदीमा पानीको बहाब बढेका कारण पनि बुढाको खोजी कार्यमा थप जटिलता उत्पन्न भएको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.