नेपालको दलित इतिहास संसारलाई भन्छु

नेपालको दलित इतिहास संसारलाई भन्छु

भारतको सामान्य दलित परिवारमा जन्मिएका डा. सुरज एंगडे ग्लोबल एक्टिभिस्ट र भारतीय लिड स्कलरको रूपमा परिचित छन्। अफ्रिकन अमेरिकन स्टडिजमा अफ्रिकाबाट पीएचडी गरेका एंगडेले अक्सफोर्ड विश्वविद्यालयबाट ‘कास्ट’ र ‘रेस’मा अर्को पीएचडी सक्ने क्रममा छन्। हार्डवर्ड विश्वविद्यालयमा सिनियर फेलोका रूपमा पनि अनुसन्धानरत छन्। सन् २०१९ मा प्रकाशित उनको किताब ‘कास्ट म्याटर्स’ आठ भाषामा अनुवाद मात्र भएको छैन, हार्डवर्ड र अक्सफोर्डमा समेत पढाइ हुन्छ। अर्को किताब ‘कास्ट : अ न्यु हिस्ट्री अफ द वल्र्ड’ प्रकाशनको तयारीमा छन्। ‘दलित लाइभ्स म्याटर’ले आयोजना गरेको ‘कास्ट कन्भर्सेसन’मा प्रवचन दिन आएका एंगडे अहिले नेपालको जात व्यवस्था र दलित इतिहासबारे अध्ययन गरिरहेका छन्। हिन्दू ब्राह्मीण श्रेष्ठता, नश्लवादको विरुद्घमा विश्वभर विचारोत्तेजक प्रवचन दिने एंगडेसँग स्वतन्त्र पत्रकार विश्वास खड्काथोकीले लिएको वार्ता :

नेपाल, नेपाली समाज र यहाँका मान्छेबारे तपाईंको दिमागमा कस्तो चित्र बसेको छ ?
भारतमा नेपालीलाई त्यति सम्मान दिइँदैन। किनभने नेपाली भारतमा काम गर्न जान्छन्। प्रायः गरिब भएकै कारण त्यहाँ गएर कसैको घरमा नोकर त कसैको घरमा ड्राइभर बसिरहेका हुन्छन्। त्यसैले नेपालीबारे त्यहाँ त्यति धेरै सोचिँदैन। बलिउडमा नेपाली मानिसको निकै मजाक उडाउने गरिन्छ। बहादुर, शेर्पा, गोर्खाली, नोकर भनी कमेडी बनाइन्छ। जब सन् २०१९ मा पहिलोपटक नेपाल आएँ, पूरै होस् उड्यो। यति धेरै प्रभावित भएँ कि पूरै ‘भ्यू प्वाइन्ट’ बदलियो। यहाँ जातीय अत्याचारको विरुद्धमा संघर्ष भएको छ भन्ने पनि मलाई थाहा थिएन। किनभने यसबारे बाहिर कुनै छलफल हुँदैन। नेपालको शक्ति लिएर फर्किएको थिएँ। यसपटक जति पनि मानिस भेटेको छु, उनीहरू परिवर्तन ल्याउन चाहन्छन्। उनीहरू जातकै कारण सरकारसँग पनि चिन्तित छन्।

समाजलाई केही दिनुपर्छ भन्ने जिम्मेवारी भावना तपाईंको मनमा हुन आवश्यक छ। युवा ‘रोलमोडल’ बन्न आवश्यक छ। समाजका लागि सम्झौता होइन, लड्न आवश्यक छ। जसले परिवर्तन ल्याउन सकोस्।

 दोस्रोपटक अहिले आएको बेला यतिखेर नेपालको दलित इतिहास पढिरहेको छु। जुन मुलुकी ऐन थियो, जसलाई नेपालको आधुनिक मनुस्मृति भन्छु, त्यसविरुद्ध भगत सर्वजित विश्वकर्मा, टीआर विश्वकर्मा, सहर्षनाथ कपाली दाजुभाइ, जोहार रोकालगायतले जसरी लडे, त्यसले झन् रुचि बढाएको छ। भगत सर्वजित जो संस्कृतको विद्यार्थी थिए, ब्राह्मणबादको विरुद्धमा आफ्नै मन्दिर र स्कुल बनाएर लडे। यस्ता महान् व्यक्ति १९औं शताब्दीमा आए र गए। जब डा. भीमराव अम्बेडकर सन् १९५६ मा यहाँ आएका थिए। मदन लगायतका चार÷पाँचजना मानिससँग निकै प्रभावित भएका रहेछन्। त्यति बेलै हाम्रा मानिसले जात व्यवस्थाको विरुद्ध सक्रिय रूपमा लड्न सुरु गरिसकेका थिए। जात व्यवस्थालाई लिएर हाम्रो समाजको यति धेरै योगदान छ। त्यसैले नेपाल र भारतको नाम इतिहासको केन्द्रमा हुन आवश्यक छ।

नेपालको कस्तो इतिहासमा यहाँको रुचि छ ?
सामाजिक इतिहासमा मेरो रुचि हो। दलित समुदायको इतिहास जान्न चाहन्छु। त्यसभित्र ‘सांस्कृतिक क्रान्ति’ (कल्चरल रिभोलुसन) भएको छ कि छैन भनेर खोज्दैछु। ‘कल्चरल रेभुलुसन’ नै ‘कास्ट रेभोलुसन’ हो। यसैको आधारमा राजनीतिक माग बढ्छ। लिच्छवीकाल यताको समाजलाई अध्ययन गरिरहेको छु। जयस्थिति मल्लको समयबाट नेपालमा जात व्यवस्था सुरु भएको देखिन्छ। तर, भारतका मल्लहरू भने जात व्यवस्थाविरुद्ध लडेका छन्। भारतको विहारमा मल्ल राज्य थियो, उनीहरू बुद्धिष्ट थिए। २००० वर्ष पहिलेको पहिलो मल्ल राजा नै बुद्धिष्ट थिए। एक हजार वर्षदेखि ब्राह्मण कसरी भए ? त्यहाँ र नेपालको परीक्षण गर्नुपर्छ। लेखक आहुतिका अनुसार १५०० वर्ष पहिलेदेखि जात व्यवस्था लागू भयो। सन् १८८४ मा मुलुकी 
ऐन आएको छ। इतिहासको स्रोत सामग्रीको आधारमा हेर्न चाहन्छु कि नेपाली इतिहासमा दलित हिरो हिरोइन कहाँ छन् भनेर।

‘कास्ट: अ न्यू हिस्ट्री अफ द वल्र्ड’ पुस्तक लेख्दै हुनुहुन्छ। के यो किताबमा नेपाल पनि समेटिन्छ ?
पाण्डुलिपीको पहिलो चरण तयार पारेर राखेको छु। नेपाल आउनुको एउटा कारण यो पनि हो कि नेपालको दलित आन्दोलन कस्तो छ ? नेपाली जातको इतिहास कसरी विकास भएको छ ? कसरी अगाडि बढ्छ ? कस्तो स्थितिमा छ? त्यसलाई लिच्छवि कालदेखिको १९ र २०औं शताब्दीको कथा लेख्ने प्रयास गरिरहेछु। नेपालको कथा बृहत् रूपमा अटाउन सक्छ यसमा। जसको ‘कन्सन्ट्रेसन’ ‘डायस्पोरा’सँग छ। यसबारे कहिल्यै सोचेको थिइनँ। राम्रो स्रोत सामग्री पाएँ भने अहिलेको पुस्तकमा यसलाई थप्नेछु। नेपालबारे नयाँ किताबको पनि तयारी गर्नेछु। नेपालको दलित इतिहासलाई संसारभर देखाउन चाहन्छु।

आजको युवाले मूलतः शिक्षित हुन जरुरी छ। बाबासाहेव अम्बेडकरले मन्त्र दिएका छन्– एजुकेट, एजुटेड, अर्गनाइज। जबसम्म शिक्षित हुँदैनौं, तबसम्म हामीलाई सम्मान दिइँदैन। आकांक्षा ठूलो राख्नुपर्छ। र, सामाजिक उत्तरदायित्वलाई तपाईंले जीवनको उद्देश्य बनाउनुपर्छ। तपाईं समाजको निकै महत्वपूर्ण अंग हो।

तपाईंको पुस्तकलाई ‘द हिन्दू’ले दशककै उत्कृष्ट नन–फिक्सन किताबको लिस्टमा राखेको थियो। र, यो किताब आठ भाषामा अनुवाद भइसकेको छ। यसले पाठकमा कस्तो प्रभाव छोडिररहेको छ ?
बहुसंख्यकले यसलाई स्वागत गरेका छन्। मेरो पुस्तक दलितमा मात्रभन्दा पनि पूरै जात व्यवस्थामा आधारित छ। त्यहाँ ब्राह्मण छ, दलित पनि छ। वैश्य, शुद्र र बाँकी मानिस छन्। यो नयाँ शैलीको विषय हो। यसलाई बुझ्न नयाँ उद्देश्य खोज्नुपर्छ। २१औं शताब्दीको जातको अब्जेक्टिभ नयाँ हो। यसले निकै बहस जन्माएको छ। वादविवाद पनि भएको छ। किताबमाथि कन्फरेन्स र सेमिनार भएका छन्। दलितको मुद्दालाई लिएर मूलधारमा त्यति बहस हुँदैनथ्यो। अहिले यो विषय ‘मेन स्ट्रिम’ बनेको छ। युवालाई प्रेरणा दिएको छ र उनीहरूलाई लागेको छ कि हामीले पनि पढ्नुपर्छ। अक्सफोर्ड र हार्डवर्डजस्ता विश्वविद्यालयमा यसको पढाइ हुन्छ। यसर्थ सकारात्मक परिवर्तन पनि ल्याएको छ। यसलाई दलितमात्र होइन कि गैरदलितले पनि उत्तिकै रुचिसाथ पढिरहेका छन्। पश्चिमाहरूले पनि राम्रोसँग बुझ्न चाहिरहेका छन् कि जात व्यवस्था के हो ? जातको विषयमा उनीहरू संवेदनशील बनिरहेका छन्। जातमा निर्णय लिन सक्ने जुन सामथ्र्य छ। त्यसलाई ‘च्यालेन्ज’ गरेको छु। तपाईं नियन्त्रण गर्न सक्नुहुन्न कि कसले के गर्ने, 
के लेख्ने, के बोल्ने ?

अमेरिकी लेखक इसावेल विल्कर्सनको किताब ‘कास्ट’ अहिले संसारभर चर्चामा छ। उनले दक्षिण एसियाको जात र पश्चिमामा रङको आधारमा भएको विभेदको प्रकृति एउटै हो भनी प्रमाणित गर्न खोजेकी छन्। तपाईंले ‘क्रिटिकल थ्योरी अफ ब्ल्याक स्टडिज’ विकास गर्दा के पाउनुभयो ?
अहिलेको अवस्थामा कास्ट र रेसमा इसावेलको सबैभन्दा राम्रो किताब हो। उनले प्रमाणसहित विस्तृतमा लेखेकी छन्। यसका लागि उनी लन्डन, जर्मन र भारतसम्म पुगेर अनुभूतिसहित लेखेकी छन्। यसबाट बुझ्नुपर्छ कि संसारमा लडाइँ कसरी भइरहेको छ। जुन मेरो विषय हो, दलित एन्ड ब्ल्याक स्टडिज, यसमा नयाँ सोलिडारिटी बनाउन चाहेको छु। हामी दलित हौं या काला वा बाँकी पीडित मानिस हौं, हाम्रो एउटा समूह हुनुपर्छ। ताकि राजनीतिक आन्दोलन तयार होस् र अन्तर्राष्ट्रिय रूपमा लड्न नयाँ आन्दोलन बनाउन सकियोस्।

२०औं शताब्दीको सुरुमा आध्यात्मिक गुरु तथा लेखक एके मजुम्दारले नागरिकता लिन भारतीय ब्राह्मण पनि शुद्ध आर्य हौं भन्दै रङको सिस्टमभित्र जातलाई पनि छिराए। अन्ततः ब्राह्मण श्रेष्ठतालाई पश्चिमाले पनि स्वीकार्यो‍। यसर्थ जात र रङको आधारमा हुने विभेदलाई आधारभूत रूपमा एउटै भन्न मिल्छ ?
यसलाई तपाईंले निकै राम्रो ढंगबाट व्याख्या गर्नुभयो। एके मजुम्दारले कास्टलाई रेसमा मिलाउन चाहन्थे। यो एक ऐतिहासिक अध्ययन हो। अक्सफोर्डको पीएचडी थेसीसमा मैले यो कुरा बाहिर ल्याउँदै छु। जसमा कसरी रङ र जातको व्यवस्थापन समानान्तर रूपमा गइरहेको छ भन्ने हेरेको छु। इतिहासलाई हेर्ने हो भने दुवैको प्रकृति एउटै छ। दुवैमा उच–नीच छ। दुवैमा छुवाछूत छ। दुवैमा निश्चित समुदायसँग मात्र विवाह गर्ने परम्परा छ। काला र दलित समुदाय दुवैमा गरिबी व्याप्त छ। दुवैको ‘वर्किङ क्लास’ एउटै छ। सम्पत्ति र सुविधा गोरा र 
उच्च जातीयको कब्जामा छ। त्यसैले समानता र विशेषअधिकार एउटै देखिन्छ।

बुद्धको प्रेरणा करुणा, शिल, नैतिकवान्लाई हाम्रो समुदायले स्वीकारेको हो। जुन समाज नैतिकवान आचरणमा हुन्छ उसले कहिल्यै गल्ती गर्दैन। अनि कसैको हानी पुर्‍याउँदैन। अहिले धर्ममा हाम्रा लागि सबैभन्दा राम्रो उपलब्ध विकल्प यही हो।

भारतको दलित परिवारमा जन्मिएको बैंकको पिउनको छोरा आज विश्वकै प्रतिष्ठित हार्डवर्ड विश्वविद्यालयमा उत्तरविद्यावारिधि गर्दै हुनुहुन्छ। अन्तर्वार्तामा भन्नु भएथ्यो, ‘यदि तपाईं बाबा साहेबको अनुयायी हुनुहुन्छ भने सूर्यको उचाइ लक्ष्य हुन जरुरी छ।’ सामाजिक बहिष्करण, गरिबी र छुवाछूतको दलदलमा फसेको दलितले कसरी सूर्यको उचाइ बराबरको सपना देख्न सक्छ ?
हामीले सपना देख्न जरुरी छ। दलित समुदाय जहिले पनि प्रतिभावान् थियो। यसले नयाँ–नयाँ आविष्कार गरेर संसारलाई दिएको छ। बुद्ध, सम्राट अशोक पनि हाम्रै समुदायबाट आएका हुन्। अहिले दलित समुदायमाथि जे भइरहेको छ त्यो अस्थायी हो, स्थायी होइन। त्यसैले हामीले यसभन्दा माथि उठेर सोच्नुपर्छ। जात व्यवस्थाविरुद्ध लड्ने उद्देश्य हाम्रो हुनैपर्छ। तर, जात व्यवस्थाविरुद्ध लड्नु केवल मानिसविरुद्ध लड्नु होइन। स्वयंको राम्रो उदाहरण दिनु पनि हो। जातविरुद्धको लडाइँ तपाईंको सफलतामा पनि हुन्छ। यदि तपाईं सफल हुनुहुन्छ भने सोच्नुस् कि तपाईं जातविरुद्धको मोर्चामा हुनुहुन्छ।

बाबासाहेव बीआर अम्बेडकर र मार्टिन लुथरकिङले भनेका थिए, ‘जसको बेडमा जन्जिर छ भने उसले लडेर एक चिजलाई मात्र हराउन सक्छ, त्यो भनेको उसको जञ्जिर हो।’ इतिहासमा तपाईंले केही गुमाउनु भएको छैन। तर, तपाईंमाथि छुवाछूत लादिएको छ, गरिबी छ या अन्याय अत्याचार छ। जब यसविरुद्ध काम गरेर निस्कनु हुन्छ, तब तपाईं महान् बन्नुहुन्छ। म मेरा समुदायका मानिसलाई निकै ठूलो प्रेरणा दिन चाहन्छु। आशा र भरोसा दिन चाहन्छु। यसका लागि व्यक्तिगत रूपमा पनि लडेर अस्तित्व तयार पारी नयाँ पुस्ताका लागि उत्प्रेरणा जगाउन जरुरी छ।

हार्डवर्ड र अक्सफोर्ड पुगिसक्नुभयो। यसबीच तपाईं जन्मे हुर्केको समाजको जीवनस्तर कस्तो परिवर्तन भयो ? 
पछिल्लो ३५ वर्षलाई हेर्ने हो भने अहिलेको पुस्ता निकै सक्रिय छ। ऊर्जावान् छ। आरक्षणको कारण एउटा वर्ग तयार छ, जसको गतिशीलता बढेको छ। तर, त्यो समूह निकै सानो छ। शिक्षाका लागि पनि उनीहरू अगाडि बढेका छन्। मजस्ता मानिस देशबाहिर गएर पिएचडी गरिरहेका छन्। ठूलठूला विश्वविद्यालयमा पढाइरहेका छन्। अनुसन्धान गरिरहेछन्। राजनीतिक चेत पनि बढेको छ। जातको राजनीति मूलधारमा पुगिसकेको छ। जसको कारण कंग्रेस, बिजेपीजस्ता पार्टीलाई दलित सहभागिताका लागि दबाब दिन थालिएको छ। समाजको जीवनस्तरमा सुधार छ तर अपेक्षाकृत छैन। आज पनि गाउँमा छुवाछूत कायमै छ। सहरमा पनि दलित र गैरदलित फरक–फरक कोलोनीमा बस्छन्। पेसामा हैसियतअनुसार सम्मान दिइँदैन। उच्च जातिविरुद्ध उजुरी गरे हत्या गरिन्छ। अन्तरजातीय विवाह गरे जोडीको नै हत्या हुन्छ। कसैको भाडा छुने बालबालिकाको समेत हत्या गरिएका उदाहरण छन्। दलित महिलामाथि बलात्कार भएमा एफआइआर दर्ता हुँदैन। विजेपीको सरकारले नै दलित विरोधी कामलाई प्रोत्साहित गरिरहेको छ। ५०.५ प्रतिशत मानिसले पनि छुवाछूतको अभ्यास गरिरहेको तथ्यांकले देखाउँछ।

दलित समुदायका लागि अम्बेडकरले आविष्कार गरेको आरक्षण प्रणाली आलोचित बनेको छ। अझ विरोधमा अभियान नै चलिरहेको छ। विकल्प सोच्ने बेला आएको हो ?
अहिलेको अवस्थामा सबैभन्दा राम्रो व्यवस्था आरक्षण नै हो। तर, दलित मुक्तिको यो अन्तिम उत्तर भने होइन। किनभने आरक्षण सरकारसँग छ। उसले चाहेको बेला फिर्ता लिन सक्छ। मानिसको आधारभूत स्रोत जमिन हो। जहिलेसम्म जमिन उपलब्ध गराइँदैन, तबसम्म सबै व्यवस्था अपर्याप्त हुन्छ। हिजोअस्तिदेखि स्कुल जान पाएको समुदायसँग तपाईं किन डराउनुपर्छ र ? आरक्षण व्यवस्था अझै चर्को हुनुपर्छ। तल्लो जातिका मानिसलाई पनि सर्वोच्च पदसम्म पुग्न सहयोग गर्ने प्रणाली चाहिन्छ। आरक्षणमा मात्रै केन्द्रित हुँदा हामीले धेरै कुरा गुमाइरहेका छौं। आरक्षणलाई अन्य प्रगतिशील उपायसँगै लैजानुपर्छ।

जातीय छुवाछूतले विश्वव्यापी रूप लिइसकेको छ। तपाईंले पढ्दाको भोगाइ सुनौं न !
यो निकै खतरनाक छ। यो अझै बढिरहेको छ। उनीहरूले जात छैन भनिरहेका छन् तर त्यसको अभ्यास गरिरहेका छन्। जति पनि जातविरोधी लडाइँ भइरहेको छ, त्यसलाई सक्न मानिस तयार भएका छन्। यसले निकै खतरनाक स्थिति निम्त्याएको छ। सुरु–सुरुमा मलाई कुनै कार्यक्रममा बोलाइँदैनथ्यो। केहीमा पनि निम्तो दिइँदैनथ्यो। उनीहरू मुखमा त राम्रो बोल्थे तर मनमा निकै ठूलो कपट हुन्थ्यो। यतिसम्म कि बेलायतमा त मलाई एक ब्राह्मणले कुटे पनि।

अहिले त नेपालमा दलित शब्द नै हटाउनुपर्छ भनेर बहस चलिरहेको छ नि !
यदि तपाईं दलित शब्द मन पराउनु हुन्न भने किन ? यदि हटाउन चाहनु हुन्छु भने त्यो हटाएर के लिन चाहनुहुन्छ ? विकल्पबिना कसरी हटाउन सक्नुहुन्छ ? तपाईंले भन्नुभयो कि शिल्पी राख्नुपर्छ। यसका लागि समुदायसँग कुरा गर्नुपर्छ। किनभने समुदायको पहिचानका लागि आएको नाम हो यो। यदि समुदायका लागि राम्रो र स्वीकार्य हुन्छ भने त्यसमा कुनै समस्या छैन। अन्यथा यही शब्दभित्र आन्दोलनलाई एकत्रित गर्नुपर्छ। भारतमा पनि यस्ता विषय उठाउने काम भइरहन्छ। तर, यो मूल मुद्दा मोड्न यस्तो विषय उठाइन्छ। मुख्य मुद्दा अत्याचार, हिंसा, विभेद, निर्वाचनमा सहभागिता र सिभिल सर्भिसमा छ। यस्ता मुद्दा मोड्न त्यस्ता विषय उठाइन्छन्।

दलित, महिला वा आदिवासीजस्ता उत्पीडित र सीमान्तकृतको मुद्दा उठाउँदा सजिलै डलरबादी, एनजिओवादी भन्ने गरिन्छ। एनजिओको हवालाले कतिपय मुद्दा कमजोर बनेका छन्। तपाईंको धारणा के छ ?
राजनीतिक र सामाजिक ‘स्पेस’ नभएको कारण एनजिओको स्पेस तयार भएको हो। एनजिओ जरुरी छ। तर, यसले परिवर्तन गर्दैन, सहयोगीमात्र बन्न सक्छ। परिवर्तन जनादेशले ल्याउँछ। सबै मानिस जोडिएर जब आन्दोलन गर्छन् अनि आउँछ परिवर्तन। यो सत्य हो कि एनजिओ एक तरिकाबाट दलित न्यारेटिभको कन्ट्रोल गरेको छ। एनजिओसँग जति स्रोत छ त्यति आन्दोलनसँग छैन। तर, समस्या के भने यस्ता हत्कण्डा अपनाएर आन्दोलनको स्वाभिमानलाई गिराउने, दलित अस्मिता, दलित मानव अधिकार, संवैधानिक हकलाई दबाउने प्रयास गरिन्छ। एनजिओ या अरू बोलेर बदनाम गर्नु उनीहरूको स्वभाव हो। यदि तपाईंसँग स्रोत छ भने अनुसन्धान गर्नुस्। अनि सत्य के हो त्यही रिसर्चले बोल्छ। भारतको दलित आन्दोलनमा पनि एउटा रिसर्च युनिट थियो। रिसर्चको माध्ययमबाट जहाँ–जहाँ नयाँ एजेन्डा तयार हुन्थ्यो, त्यहाँ–त्यहाँ डराएर एजेन्डाका विरुद्धमा ब्राह्मण हिन्दू जाति निस्किए। यदि राजनीतिक, सामाजिक स्पेस मिल्छ हामीलाई त्यहाँ धेरै देख्नु हुन्छ। तर, त्यहाँ त उनीहरूले नै स्पेस संकुचित पारेर राखेका छन्। एनजिओमा पनि ब्राह्मणकै आधिपत्य छ र त्यहाँ दलित डिसकोर्सको स्पेस पनि तयार गरिएको छ। यदि दलितले आफ्नो हकको कुरा गर्दा बदनाम गरिन्छ भने त्यो आन्तरिक स्रोतको असफलता हो।

तपाईं हिन्दू धर्मविरुद्धको ट्वीटका कारण बेलाबेला विवादास्पद बन्नुहुन्छ। किन ?
ट्वीटरमा एक ‘ट्रोल आर्मी’ हुन्छ। जसले केही सोच्दैन, यत्तिकै प्रतिक्रिया मात्रै दिन्छ। ट्वीटर कमेन्ट हो। कमेन्टमा तपाईं जे पनि लेख्न सक्नुहुन्छ। त्यसमा कुनै दम नहुन सक्छ। उनीहरूले ‘एक्स्ट्राअर्डिनरी’ केही गरेका छैनन्। आफ्नो सुविधाका लागि विवाद उठाउन केही न केही गरिरहन्छन्। एउटा लेख्दा दुईवटा कुरा बोल्छन्, दुई लेख्दा चार। यो टाइम पास गर्ने काम हो। त्यस्ताले मानिसमा नकारात्मक विषय फैलाउने प्रयास गर्छन्। दलित इन्टेलेक्चुअल, दलित स्कलर, दलित राइटर, दलित स्पीकरर्स, दलित एक्टिभिस्टको मनोबल कमजोर पार्न यस्तो गरिन्छ। यसले हामी जस्तालाई केही फरक पार्दैन।

तपाईं आफूलाई अम्बेडकरवादी भन्नुहुन्छ। तर, नेपालका विचारक आहुतीले उनको आलोचना गर्दै धेरै राम्रो काम गरे पनि सिंगो दलित समुदायको मुक्तिका लागि बौद्ध धर्म अंगाल्न पुग्नु अम्बेडकरको स्खलन भएको बताएका छन्। तपाईं फेरि आफूलाई बौद्धमार्गी भन्दै त्यही स्खलनको बाटोमा त हुनुहुन्न ?
यसमा के गलत भयो ? सबैभन्दा जातविरोधी धर्म बुद्धिज्म हो। बुद्धको सबैभन्दा ठूलो सिद्धान्त नै जात प्रथाको विरोधमा छ। जब अम्बेडकरले पढेँ, उनलाई सबैभन्दा राम्रो धर्म बुद्धिज्म लाग्यो। जहाँ असमानताको कुरै हुँदैन। यदि तपाईं समानताको कुरा गर्नुहुन्छ भने त्यो स्वतः जात व्यवस्थाको विरुद्धमा हुन्छ। यदि बुद्धको सिद्धान्त साँच्चै स्वीकार्नुहुन्छ भने उनीजस्तो राम्रो मानिस कोही छैन। अम्बेडकर एक प्रबुद्ध, एक राम्रो, एक नैतिकवान् 
समाज बनाउन चाहन्थे। बुद्धको प्रेरणा करुणा, शिल, नैतिकवान्लाई हाम्रो समुदायले स्वीकारेको हो। जुन समाज नैतिकवान आचरणमा हुन्छ 
उसले कहिल्यै गल्ती गर्दैन। अनि कसैको हानी पुर्‍याउँदैन। अहिले धर्ममा हाम्रा लागि सबैभन्दा राम्रो उपलब्ध विकल्प यही हो।

नेपालमा शिक्षा र मानिसको जीवनस्तर तुलनात्मक रूपमा माथि उठे पनि समाज जातको नाममा झन् कठोर बन्दै गएको भान हुन्छ। भारतमा पनि जातकै आधारमा हत्या र हिंसाको शृंखला निरन्तर छ। समतामूलक समाज निर्माणमा प्रगतिशिल चेत बोकेका युवाले के गरिदियोस् भन्ने लाग्छ ?
आजको युवाले मूलतः शिक्षित हुन जरुरी छ। बाबासाहेव अम्बेडकरले मन्त्र दिएका छन्– एजुकेट, एजुटेड, अर्गनाइज। जबसम्म शिक्षित हुँदैनौं, तबसम्म हामीलाई सम्मान दिइँदैन। आकाक्षां ठूलो राख्नुपर्छ। र, सामाजिक उत्तरदायित्वलाई तपाईंले जीवनको उद्देश्य बनाउनुपर्छ। तपाईं समाजको निकै महत्वपूर्ण अंग हो, समाजलाई केही दिनुपर्छ भन्ने जिम्मेवारी तपाईंको मनमा हुन आवश्यक छ। युवा ‘रोलमोडल’ बन्न आवश्यक छ। समाजका लागि सम्झौता होइन, लड्न आवश्यक छ। जसले परिवर्तन ल्याउन सकोस्। तपाईं लिडर बन्नुपर्छ ताकी आउने पुस्ताले तपाईंले जस्तो लड्न नपरोस्। नेपालको प्रधानमन्त्री तपाईं बन्नुपर्छ। जबसम्म राजनीतिक, सांस्कृतिक, सामाजिक शक्ति तपाईंको हातमा आउँदैन, तबसम्म परिवर्तन ल्याउन सम्भव छैन। आन्दोलनले परिवर्तन ल्यउन सक्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.