हुम्लामा जीप दुर्घटना हुँदा चालकको मृत्यु

हुम्लामा जीप दुर्घटना हुँदा चालकको मृत्यु
सुन्नुहोस्

सिमकोट : हुम्ला सिमकोटदेखि हिल्सा जाँदै गरेको जीप दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु भएको छ। 

नाम्खा गाउँपालिकाको च्याछहरामा दुर्घटना भएको जीपबाट हाम्फालेर घाइते भएका चालक राजेश हेन्जन तामाङको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका चालक तामाङको जिल्ला अस्पतालका क्रममा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए। 

‘जिल्ला सदरमुकाम सिमकोटबाट हिल्साका लागि छुटेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको बोलेरो जीप च्याछहरा भिरको उकालो चड्दै गर्दा कर्णाली नदीमा खसेको हो’ प्रहरी नायव उपरीक्षक भट्टराईले अन्नपूर्णसँग भने, ‘सोमबार बिहान ५ बजे सिमकोटबाट छुटेको जीप बिहान करिब ७ बजे उक्त भीरबाट खसेको हो।’

कामका लागि उत्तरी छिमेकी चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर हिल्सा जाँदै गरेको जीप दुर्घटना भएको हो। च्याछहराको भिरमा अप्ठ्यारो उकालो बाटोका कारण यात्रुसहितको जीप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए। 

यात्रुबिनाको जीपलाई उकालोमा चढाउने क्रममा जीप सडकबाट नदीमा खसेको थियो। चालकले अप्ठ्यारो बाटोमा यात्रु लिएर हिँड्ने जोखिम नउठाएकाले जीपमा सवार सबै यात्रु सकुशल रहेका हुन्।

सामानसहित खसेको जीप कर्णाली नदीमा डुबेर बेपत्ता भएको छ। बेपत्ता जीपको स्थानीय र प्रहरीद्वारा खोजी कार्य भइरहेको बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.