मेयरकप बास्केटबलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका च्याम्पियन

मेयरकप बास्केटबलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका च्याम्पियन
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका कीर्तिपुरमा अन्तरपालिका मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिजयी भएको छ । 

शनिबार भएको फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको टिम व्यवस्थापक बिसन राना पुनले जानकारी दिए ।  

अर्जुन विकको कप्तानीमा मैदानमा उत्रिएका अन्नपूर्णको टिममा रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलीजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा सहभागी थिए । 

सुमन तिलिजा पुन प्रशिक्षक र बिसन राना पुनको व्यवस्थापनमा अन्नपुर्णको टोली प्रतियोगितामा सहभागी हुन कीर्तिपुर गएका थिए । अन्नपूर्णका यमन सेञ्चुरीले उत्कृष्ट खेलाडीको उपाधी सहित दश हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याचको उपाधी अन्नपूर्णका नुकेश जुग्जालीले हात पारे । 

प्रतियोगितामा बिजेता र उपबिजेताले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता), नेपाल बास्केटबल संघका अध्यक्ष भिमसेन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।  

असार २ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ७ वटा स्थानीय तहले सहभागिता जनाएका थिए । महानगर, उपमहानगर, नगरपालिका बाहेक गाउँपालिकाको टिम अन्नपूर्णको मात्र हो । अन्नपूर्ण गाउँपाकिलाले प्रतियोगितामा सहभागिताका लागि एक लाख रुपैयाँ बजेट सहयोग गरेको थियो । 

ग्रामिण क्षेत्रका खेलाडीहरुले राजधानीमा पुगेर गरेको उत्कृष्ट खेलकौशल प्रर्दशनीले म्याग्दीका खेलप्रेमीहरु उत्साही भएका छन् । सेमी फाइनलमा अनन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० स्कोरले पराजित गरेको थियो । सेमी फाइनलमा अन्नपूर्णका राजु परियार एक्लैले २३ स्कोर गरेका थिए । नागर्जुन नगरपालिकालाई ७९–६५ स्कारेले पराजित गर्दै आयोजक कीर्तिपुरले फाइनलमा अन्नपूर्णसँग प्रतिस्पर्धा गर्न पुगेको हो । 
 
कीर्तिपुर नगरपालिकाले आयोजना गरेको मेयरकप बास्केटबल प्रतियोगिताको च्याम्पीयन बनेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको टिम । तस्बिर : सौजन्य सुरेन गुरुङ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.