म्याग्दीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

म्याग्दीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा शिनबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । 

रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिकाको वडा नम्बर ३ मा निर्माणाधिन रघुगंगा जलविद्युत आयोजनाको सामान लिएर जाँदै गरेको ग १ च ७२८१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी ट्याक्टरका चालक रघुगंगा गाउँपालिका–३ मालिकाका २३ वर्षीय सुजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए। 

कालोपत्रे गर्ने चरणमा रहेको सडकमा ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक लामाले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.