मिटरव्याजीविरुद्ध कानुन ल्याउन माग गर्दै संसद भवन अगाडि प्रदर्शन

मिटरव्याजीविरुद्ध कानुन ल्याउन माग गर्दै संसद भवन अगाडि प्रदर्शन
संसद भवन अगाडि धर्नामा बसेका मिटरव्याज पीडित। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : मिटरव्याजविरूद्ध कानुन ल्याउन माग गर्दै संघीय संसद भवन अगाडि प्रदर्शन गरिएको छ। काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजी पीडितहरूले कानुन छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले मिटरव्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले नियोजित रुपमा यससम्बन्धी कानुनलाई निष्कृय पारेको भन्दै आफूहरुले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् ।

null

सरकारले मिटरव्याजीलाई कारबाही गर्ने भनेपनि कार्यान्वयनमा नआएको पीडितहरुको आरोप छ । सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनमा अवरोध हुँदा पारित हुन सकेको छैन।

null

असार १८ गते प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ।

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.