भ्रष्टाचार छानबिनका नाममा सरकारले पोलिटिकल स्टन्ट गर्‍यो, व्यवसायी आतंकित भए

अध्यक्ष ओली भन्छन्- सत्ताको लोभ छैन, कांग्रेस-एमाले समीकरण बन्ने सम्भावना छैन

अध्यक्ष ओली भन्छन्- सत्ताको लोभ छैन, कांग्रेस-एमाले समीकरण बन्ने सम्भावना छैन
तस्बिर : अभिषेक महर्जन

'अहिलेको परिस्थितिमा एमालेलाई सरकार बनाउन हतार छैन। अर्को गठबन्धन पनि एमालेले बनाउँदैन,' उनले भने। यद्यपि ओलीले राजनीतिमा असम्भव भने नहुने बताए।

अन्नपूर्ण मिडिया नेटवर्क आवद्ध मिडिया आउटलेटका सम्पादकहरूसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष कुराकानी गरेका छन्। उनले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, परराष्ट्र नीतिलगायतका विषयमा खुलेरै कुरा गरे। मुलुकको खस्किँदो अर्थतन्त्र र जनताका समस्याप्रति वर्तमान सरकार उत्तरदायी हुन नसकेको उनको आरोप छ। अध्यक्ष ओली मंगलबार राति कम्बोडिया जाँदैछन्। कम्बोडिया जानुअघि उनले अन्नपूर्ण मिडिया नेटवर्कका सम्पादकहरूसँग कुराकानी गरेका हुन्। 

एमाले अध्यक्ष ओलीले अन्तर्वार्ताको क्रममा राखेका मूलभुत विषयहरू अन्नपूर्णपोष्ट डटकममा राखेका छौं। उनको विशेष अन्तर्वार्ता भोलिको अन्नपूर्णपोस्ट् राष्ट्रिय दैनिकमा प्रकाशित हुनेछ। अंग्रेजी संस्करण दि अन्नपूर्ण एक्सप्रेस, एपी वान टेलिभिजनरेडियो अन्नपूर्णमासमेत अध्यक्ष ओलीको अन्तर्वार्ता प्रकाशन/प्रसारण हुनेछ।

समृद्ध नेपाल, सुखी नेपाली

आफू प्रधानमन्त्री भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने अवधारणासहितको अभियान सञ्चालनमा ल्याए। उनका अनुसार उक्त उद्देश्यले मात्र मुलुकको विकास र सम्पूर्ण नेपाली खुसी हुनेछन्। तर आफू प्रधानमन्त्रीबाट हटिसकेपछि बनेको सरकारले समृद्ध नेपाल सुखी, नेपाली अभियानलाई निरन्तरता नदिएकोप्रति उनले चिन्ता व्यक्त गरे। जनताको पक्षमा काम गर्ने क्षमता सरकारसँग नरहेको भन्दै उनले कडा आलोचनासमेत गरे। 

अहिलेको सरकार गन्तव्यहीन, दिशाहीन र नीतिहीन रहेको उनको भनाइ छ। उनले भने, 'वर्तमान सरकार सत्ता केन्द्रित छ। समृद्ध नेपाल सुखी नेपाली भन्ने उद्देश्य यो सरकारले पूरा गर्न सक्दैन।' समृद्ध नेपाल, सुखी नेपाली अभियान पूर्णरूपमा कार्यान्वयनमा ल्याउन आउने ०८४ को आम निर्वाचनबाट एमालेलाई बहुमत प्राप्त हुनुपर्ने उनले बताए। 

null

‍…अनि प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएँ
मंसिर ४ को निर्वाचनमा कांग्रेस, माओवादीलगायत दलहरू गठबन्धन बनाएर चुनावमा होमिएका थिए। उनीहरूको एउटैमात्र उद्देश्य एमालेलाई पत्ता साफ गर्ने रहेको अध्यक्ष ओलीले बताए। निर्वाचनअघिको कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उनले गठबन्धन अपवित्र रहेको बताए।

'निर्वाचनको परिणामपछि जनताले कुनै अमुक दललाई सरकार बनाउने अधिकार दिएनन्। सरकार निर्माणमा दलहरू मिल्नुको विकल्प थिएन। मुलुक गलत बाटोमा जाँदै थियो। मुलुकलाई सही बाटोमा ल्याउन मैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुस १० मा प्रधानमन्त्री बनाउने निर्णय गरेँ,' उनले भने।

त्यसबेलाको त्यो निर्णय एकदमै सही भएको उनको दाबी छ। राजनीतिक कोर्स करेक्सन गर्नकै लागि आफूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको उनले बताए। उनले भने, 'राम्रो काम गर्लान् भनेर प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएँ। तर ठीक उल्टो भयो। प्रचण्ड गलत दिशामा गए। एमालेसँगको सहकार्य रहिरहेको भए मुलुक सही बाटोमा जाने थियो।'

एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग जोडिन पुगेकै कारण मुलुकको अवस्था अहिले फेरि जटिल मोडमा रहेको उनले बताए। 'फेरि एकपटक कोर्स करेक्सन गर्न जरुरी छ,' उनले भने।

ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री प्रचण्डसँगको पटक-पटकको भेटमा जनताका समस्यहरूको बारेमा छलफल गर्नेगरेको खुलाए। 'तर प्रधानमन्त्री स्वयं जनताको पक्षमा केही बोल्नु हुन्न। उहाँ सत्ता केन्द्रित हुनुभएको छ,' ओलीले भने।  

 

वर्तमान सरकारप्रति ओलीको कटाक्ष
अध्यक्ष ओलीले जनताको पक्षमा केही गर्न नसकेको भन्दै वर्तमान सरकारको तीव्र आलोचना गरे। जनताप्रति जवाफदेही नभएको, कानुनी शासनको उपहास गरेको, प्रतिपक्षीलाई सिध्याउन अनेकौं प्रयास भइरहेको भन्दै उनले प्रचण्ड नेतृत्वको सरकारलाई आलोचना गरे। 

ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री प्रचण्डसँगको पटक-पटकको भेटमा जनताका समस्यहरूको बारेमा छलफल गर्नेगरेको खुलाए। 'तर प्रधानमन्त्री स्वयं जनताको पक्षमा केही बोल्नु हुन्न। उहाँ सत्ता केन्द्रित हुनुभएको छ,' ओलीले भने।  

उनले अहिलेको सरकारलाई देश बनाउने कनै चिन्ता नभएको आरोप लगाए। सरकारले विरोधीहरूलाई तर्साउन भ्रष्टाचारका फाइलहरू खोलेको उनको भनाइ छ। 

एमाले-कांग्रेसको समीकरण तत्काल सम्भव छैन
एमाले अध्यक्ष ओलीले एमाले सरकारमा जान नहतारिएको बताए। उनले यो सरकारको सट्टामा वैकल्पिक सरकार आवश्यक रहेको बताए पनि एमालेलाई सरकार बनाउन हतार नभएको बताए। 'अहिलेको परिस्थितिमा एमालेलाई सरकार बनाउन हतार छैन। अर्को गठबन्धन पनि एमालेले बनाउँदैन,' उनले भने। यद्यपि ओलीले राजनीतिमा असम्भव भने नहुने बताए।

कांग्रेस र एमालेको समीकरण बन्नसक्छ भन्ने प्रश्नमा ओलीले भने, 'तत्काल त्यो सम्भावना देखिँदैन।' उनले आफूहरू २०८४ को आम निर्वाचनको प्रतिक्षामा रहेको बताए। गत वर्षको निर्वाचनमा एमालेलाई बहुमत नदिएर जनताले ठूलो गल्ती गरेको र अहिले त्यसको परिणाम भोगिरहेको ओलीले बताए। उनले २०८४ को निर्वाचनमा बहुमतको सरकार बनाएर समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्य पूरा गर्न नेकपा एमाले आतूर रहेको बताए।

null

शरणार्थी प्रकरण र ललिता निवासको छानविन हुँदा क्यान्टोनमेन्टको फाइलबारे किन मौन?
सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवासको भ्रष्टाचारका फाइलहरू खोलेकोप्रति अध्यक्ष ओलीले सकारात्मक टिप्पणी गरे। तर उनले यी फाइलहरू खोलेर सरकारले 'पोलिटिकल स्टन्ट' गरेको त होइन भन्दै प्रश्न गरे।

'क्यान्टोनमेन्टमा अर्बौं घोटला भएको छ। तर प्रचण्ड त्यसबारे चुँइ बोल्दैनन्,' ओलीले भने। उनले भ्रष्टाचारको विषयलाई राजनीतिकरण गर्न नहुने बताए। 'वर्तमान सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाएकै छैन। मात्र पोलिटिक स्टन्ट चलाइरहेको छ। क्यान्टोनमेन्टको फाइल नखोल्ने अनि प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान भनेर धाक लगाएरमात्र हुन्छ?,' उनले प्रश्न गरे। 

उनले आफू प्रधानमन्त्री हुँदा ललिता निवासको अनुसन्धान सकाए पनि प्रहरीले त्यसको प्रतिवदेन दराजमा थन्काएर राखेको बताए। 'ललिता निवासबारे छानबिन गर्न मैले नै प्रहरी केन्द्रीय अनुसन्धान व्युरोलाई निर्देशन दिएको हुँ। अहिले कसैले धाक लगाएर हुन्न,' उनले भने। 

पक्राउ पर्नुअघि सचिव राउत गृह सचिव भट्टराईसँगै थिए
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ पर्नुअघि गृह सचिव दिनेश भट्टराईबीच भेट भएको एमाले अध्यक्ष ओलीले खुलासा गरे। विराटनगर जाने क्रममा बेलुकी ५ बजे विमानस्थलबाट पक्राउ परेका थिए राउत। तर सोही दिन दिउँसो गृह सचिव भट्टराईले राउतसँग भेट गरेका थिए। त्यसबेला सचिव राउत पक्राउ पर्नेबारे गृहसचिव भट्टराईले चुँइक्क बोलेका थिएनन्। न सचिव राउतलाई उनले पक्राउबारे केही भनेका थिए।

'बहालवाला सचिव कहाँ भाग्नु हुन्थ्यो र हतार-हतार पक्रिनुपर्‍यो?,' ओलीले प्रश्न गरे। कुन उद्देश्यले राउतलाई समाएको भन्दै ओलीले भने, 'किन आतंक मच्चाएको? वर्तमान सरकारले गर्न खोजेको के हो?'

'म प्रधानमन्त्री भएका बेला मुलुकको अर्थतन्त्र राम्रो थियो। रोजगारको वतावरण बन्दै थियो। तर अहिले सबै आधारहरू सकिँदै गएको देखिन्छ,' उनले भने। 

सरकारले व्यवसायीहरूलाई आतंकित पार्‍यो
एमाले अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई पक्राउ गरेर सरकारले व्यवसायीहरूलाई आतंकित पारेको बताए। 'मिनबहादुरजी कहीँ भाग्दै हुनुहुन्थ्यो कि? मुलुकै छोड्दै हुनुहुन्थ्यो कि? व्यवसायीलाई यसरी किन थर्काएको?,' ओलीले भने, 'यसबारे म अहिल्यै केही बोल्दिनँ। थप रहस्य खुल्दै जान्छ।' 

मुलुकको आर्थिक अवस्थाप्रति ओलीको चिन्ता
एमाले अध्यक्ष ओलीले मुलुकको खस्किँदा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरे। 'चालु आयोजनाहरू बन्द हुने अवस्थामा छन्। निर्माण सम्पन्न भएका आयोजनाहरूको सरकारले भुक्तानी दिन सकेको छैन,' उनले भने, 'यस्तो भयावह अवस्थाबाट कसरी माथि उठ्ने भन्ने विषयमा सरकार कसैसँग छलफल गर्दैन।' 

उनले मुलुकको आर्थिक अवस्था अत्यन्तै अफ्ठ्यारो अवस्थामा पुगेको बताए। उनले रेमिट्यान्सबाहेक अन्य स्रोतहरू नभएको स्पष्ट पारे। रेमिट्यान्सबाट आएको सीमित पैसाले मात्र मुलुकको अर्थतन्त्र नचल्ने उनले बताए। 'म प्रधानमन्त्री भएका बेला मुलुकको अर्थतन्त्र राम्रो थियो। रोजगारको वतावरण बन्दै थियो। तर अहिले सबै आधारहरू सकिँदै गएको देखिन्छ,' उनले भने। 

मुलुकको अर्थतन्त्र खस्किनुमा एमालेका पनि हात छ भनिन्छ नि? भन्ने प्रश्नमा ओलीले थपे, 'हिसाब किताब गरौं न। कसको पालामा के भएको हो। म तयार छु।' 

null

कुनै सैनिक गठबन्धनमा आबद्ध हुनुहुन्न
एमाले अध्यक्ष ओलीले असंलग्न परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने बताए। वर्तमान सरकार कूटनीतिक सम्बन्धमा असफलप्रायः भइसकेको उनको आरोप छ। उनले वर्तमान सरकारप्रति कूटनीतिक सम्बन्धनका धेरै अविश्वासहरू पैदा भएको बताए। नेपाल कुनै पनि मुलुकले अघि सारेका सैनिक गठबन्धनमा आबद्ध नहुने उनको भनाइ छ।

'परराष्ट्र नीतिमा सेन्टिमेन्टल कुरा गरेर हुँदैन। आफ्नो देशको स्पष्ट धारणा राख्न सक्नुपर्छ,' उनले भने, 'रुस-युक्रेन युद्धमा नेपालले युक्रेनको पक्ष लिएर गल्ती गर्‍यो। नेपालले युद्धको विरोध लबिङ गर्नुपर्छ।' नेपाल शान्ति चाहन्छ भनेर विश्वभर चिनाउनुपर्ने ओलीले बताए। 'नेपाल तटस्थरूपमा शान्तिको पक्षमा उभिनुपर्छ। कुनै एक पक्षमा कहिल्यै लाग्नु हुँदैन। त्यसले मुलुकको हित गर्दैन।' 

ओलीले भने, 'संवैधानिक परिषद्को बैठक पहिल्यै बोलाउनुपर्थ्यो। प्रधानमन्त्रीज्युले किन नबोलाउनुभएको हो। म आश्चर्यमा परेको छु।' 

बिआरआई रणनीतिक परियोजना होइन
एमाले अध्यक्ष ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) विकास केन्द्रित परियोजना भएको बताए। उनले भने, 'बिआरआई विश्वका अनेकौं मुलुकहरूलाई सडक सञ्जालबाट जोड्न अघि सारेको चिनियाँ परियोजना हो। यो रणनीतिक विषय होइन।'

ओलीले बिआरआई परियोजना कनेक्टिभिटीमा केन्द्रित हुने बताए। 'सबै ठाउँलाई सुगम बनाउने उद्देश्यसहित बिआरआई परियोजना अघि सारेको हो।' यस्तै इनिसियटिहरू ल्याउन अन्य मुलुकहरूलाई ‌ओलीको आग्रह छ। ओलीले भने, 'म भारत, अमेरिका, जापान, कोरियालगायतलाई आग्रह गर्न चाहन्छु कि बिआरआईजस्ता परियोजनाहरू तपाईँहरूले पनि ल्याउनुस्। नेपालालई सहयोग गर्नुस्।' 

संवैधानिक परिषद्को बैठक नबस्नु रहस्यमय
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले कुन स्वार्थले संवैधानिक परिषद्को बैठक नबोलाएको भन्दै आश्चर्य व्यक्त गरे। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। उनले नयाँ प्रधानन्यायाधीशको निर्णय गर्ने समय गुज्रिसक्दासमेत प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक नबोलाउनु आपत्तिजनक भएको बताए। संविधानतः प्रधानन्यायाधीशले अवकास पाउनु एक महिना अगाडि संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशको टुंगो लगाउनुपर्छ।

ओलीले भने, 'संवैधानिक परिषद्को बैठक पहिल्यै बोलाउनुपर्थ्यो। प्रधानमन्त्रीज्युले किन नबोलाउनुभएको हो। म आश्चर्यमा परेको छु।' 

कांग्रेसलाई थर्काउन समाजवादी मोर्चा 
एमाले अध्यक्ष ओलीले कांग्रेसलाई थर्काउन प्रचण्डले समाजवादी मोर्चा बनाएको आरोप लगाए। ओलीले भने, 'समाजवादी मोर्चा बनाएर कांग्रेसलाई साइजमा राख्ने प्रचण्डको रणनित हो। यसको अन्य कुनै उद्देश्य छैन।'

समाजवादी मोर्चा आफू सत्तामा टिकिरहन प्रधानमन्त्री प्रचण्डले ल्याएको एउटा अस्त्रमात्र भएको ओलीले बताए। 'तर नेपाली कांग्रेसका सभापति देउवा यति धेरै कुरा बुझ्दाबुझ्दै किन प्रचण्डका पछि लागेका हुन्, योचाहिँ आश्चर्यको विषय हो,' उनले भने।

null

एमाले सिध्याउँछु भनेर हिँडेका माधव नेपालको हविगत देखियो 
अन्तर्वार्ताकै क्रममा एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्न छाडेनन्। ओलीले भने, 'एमाले सिध्याउँछु भनेर हिँड्नुभएको माधवजीको हविगत देखिएकै छ अहिले।' माधव नेपालको पार्टीलाई जनताले हैसियत देखाइदिएको ओलीको दाबी छ।

मैले राखेको ७० वर्षे उमेर हद मैले हटाएँ
एमाले अध्यक्ष ओलीले पार्टीमा राखिएको ७० वर्षे उमेर हद समयानुकूल नभएकाले हटाइएको स्पष्ट पारे। 'त्यो बेला आवश्यक थियो राखेँ। अहिले आवश्यक छैन हटाएँ,' ओलीले भने, 'मैले राखेँ मैले नै हटाएँ। के फरक पर्‍यो।' 

उनले एमालेका नेताहरू र वामदेव गौतमले समेत ७० वर्षे उमेर हद हटाउन लबिङ गरेको बताए। 'मलाई पनि ठीक लागेपछि हटाउने निर्णयमा पुगेँ,' उनले भने। वामदेव गौतमलाई कहिले एमालेमा ल्याउनुहुन्छ? भन्ने प्रश्नमा उनले खासै जवाफ दिन चाहनेनन्। मात्र भने, 'पैसा र पोजिसनले धेरैलाई बिगारेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.