साविक विजेता अमेरिकाको विजयी सुरुआत

साविक विजेता अमेरिकाको विजयी सुरुआत
सुन्नुहोस्

अक्ल्यान्ड : फिफा महिला विश्वप २०२३ मा साविक विजेता अमेरिकाले विजयी सुरुआत गरेको छ। न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा अमेरिकाले भियतनामलाई ३-० गोलले पराजित गरेको हो।

अमेरिकाको जितमा सोफिया स्मिथले दुई र लिन्डसी होरानले एक गोल गरे। खेलको १४औँ मिनेटमा सोफियाले गोल गर्दै अमेरिकालाई १-० गोलको अग्रता दिलाइन्। खेलको ४१औँ मिनेटमा अमेरिकाले पेनाल्टी पाएको थियो। भिडियो असिस्टेन्ट रेफ्रिबाट पाएको पेनाल्टी एलेक्स मोर्गनले गोल गर्न नसक्दा अमेरिकाले दोब्बर अग्रता बनाउनबाट चुक्यो।

पहिलो हाफको इन्ज्युरी समयमा सोफियाले गोल गर्दै अमेरिकालाई २-० गोलको अग्रता दिलाइन्। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको अमेरिकाले दोस्रो हाफमा थप एक गोल गर्दा भियतनामले भने राम्रो खेल्न सकेन। खेलको ७७औँ मिनेटमा होरानले गोल गर्दै अमेरिकालाई ३-० गोलको जित दिलाइन्।

समूह ‘ई’ मा रहेको अमेरिकाले तीन अंक बटुलेको छ। यो समूहमा अमेरिकासँगै भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल रहेका छन्।

त्यस्तै, आजै भएको अर्को खेलमा एसियाली राष्ट्र जापानले जाम्बियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। जापानको जितमा हिनाटा मियाजावाले दुई, मिना टानका, जुन इन्डो र रिको उकीले समान १-१ गोल गरे।

कमजोर देखिएको जाम्बियाविरुद्ध पहिलो हाफमा एक गोल गरेको जापानले दोस्रो हाफमा थप चार गोल गर्दै जित निकालेको हो। समूह ‘सी’ मा रहेको जापानले यो जितसँगै तीन अंक बटुलेको छ। यो समूहमा रहेका स्पेनले शुक्रबार (हिजो) कोस्टारिकालाई ३-० गोलले पराजित गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.