हराउँदै तानसेनको मौलिक संस्कृति

हराउँदै तानसेनको मौलिक संस्कृति

तानसेन : सांस्कृतिक सहरको रूपमा परिचित नेवारी बस्ती रहेको पाल्पाको सदरमुकाम तानसेनमा नेवारी कला संस्कृति हराउँदै गएको छ। विगतमा निकै हर्षोल्लासका साथ तानसेनका टोलटोलबाट निकालिने चुइकी फिराई, लाखे नाच, गाईजात्राजस्ता एकदुई वटामा सीमित भएका छन्।

विगतका वर्षहरूमा जात्रा हेर्न तानसेन बजार भीडभाड हुने गरेप नि यस वर्षको गाईजात्रा गर्ने र हेर्ने मानिस नै नहुँदा सडकहरू सुनसान देखिए। तानसेन बजारमा सयौं गाईजात्रा, दर्जनौं चुइकी फिराई हुँदै आए पनि यसवर्ष दुईवटा मात्र चुइकी फिराईले गाईजात्रा सकिएको छ। नेवार समुदायले आफ्ना दिवंगत परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ।

काठमाडौंपछि नेवार समुदायको बढी बसोबास भएको तानसेनमा गाईजात्रा मनाउन लागिएको हो। धार्मिक मूल्य र मान्यता अनुरूप यमलोकममा वर्ष दिनसम्म ढोका बन्द भइरहने, मृतकहरूको आत्मा यमलोकभित्र पस्न नपाई सधैं ढोकाबाहिर हुने विश्वासका साथ गाईजात्रा निकाल्ने चलन रहेको छ। मृतकको नाममा जसले सक्कली गाई, बासा, जोगी, ताहामचा, आदि बनाई बजार परिक्रमा गरी दरबारभित्र ल्याउँछन् ती मृतकहरूका आत्मा यमलोकमा प्रवेश पाउँछन् र मुक्ति पाउँछन् भन्ने जनविश्वास रहेको पाइन्छ।

तानसेन नगरलाई सांस्कृतिक नगर भने पनि तानसेनबाट पछिल्लो समयमा यस्ता मौलिक संस्कृति दिनहुँ हराउँदै गएको छ। यस्ता संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय सरकारको चासो नदिएको  स्थानीयवासीहरूको गुनासो रहेको छ। तानसेनका संस्कृतिविद् निर्मल श्रेष्ठका अनुसार धेरै जात्राहरू लोप हुँदै भएका छन्। ‘तानसेनमा धेरै जात्रासहितका सांस्कृतिक कार्यक्रमहरू परम्पराका रूपमा थिए, तर अहिले ती निकै कम भएका छन्, उनले भने।

सांस्कृतिक पुस्तान्तरण नहुँदा मौलिकता हराउँदै गएको हो। संस्कृतिलाई विकृति मान्ने प्रवृत्ति हाबी हुँदै जाँदा तानसेनको सांस्कृतिक पहिचान खुम्चिएको विज्ञहरू बताउँछन्। युवा पुस्ताको बसोबास कम, पुराना पुस्ताहरूको संस्कृतिमा क्षय भएकोमा संरक्षणका अभियन्ताहरू निराश छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.