खराब मौसमको कारण रेसुङ्गामा विमान आएन

खराब मौसमको कारण रेसुङ्गामा विमान आएन
सुन्नुहोस्

गुल्मी  : खराब मौसमका कारण गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाइ उडान प्रभावित भएको छ। शुक्रबारदेखि पुनःउडान हुने भनिए पनि मौसम प्रतिकुलता कारण नेपाल एयरलाइन्सको विमान गुल्मी आउन नसकेको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले जानकारी दिइन्। 

काठमाडौंबाट गुल्मी बिहान ६:३० मा हवाइ उडान हुने भनिए पनि मौसम प्रतिकुलताका कारण उडान हुन् सकेन। शुक्रबार बिहानैदेखि मौसम खुल्न नसकेको कारण विमान २ घण्टा काठमाडौंमै होल्ड गरेको तर मौसम सुधारमा सम्भावना नदेखिएकाले उडान रोकिएको वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर बस्नेतले बताइन्। 

गत बैशाखको अन्तिम सातादेखि व्यावसायिक उडान सुरु गरे पनि मौसमको कारण देखाएर दुई महिनादेखि विमान उड्न सकेको छैन। 

एयरलाइन्सको प्रत्येक हप्ताको दुईदिन बुधबार र शुक्रबार उड्ने समय तालिका छ। काठमाडौंदेखि गुल्मीको लागि ६ हजार ५ सय र गुल्मीदेखि काठमाडौंको लागि ६ हजार ३ सय रुपैयाँ भाडादर कायम गरिएको छ। 

दुई हप्ता दुई बार उडान भर्ने भनिए पनि पछिल्लो समय शुक्रबार मात्रै उडान हुने भएको छ। रेसुङ्गा विमानस्थलमा विमान उडानको लागि बिहानी समय उपयुक्त मानिएको थियो। मौसमको प्रतिकुलता देखाएर हवाइ उडान रोकिँदा विमान चढेर यात्रा गर्ने गुल्मेलीको सपना अधुरै देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.