रेड हर्स सेमिफाइनलमा

रेड हर्स सेमिफाइनलमा
सुन्नुहोस्

ताप्लेजुङ : गोर्खा स्पोर्टिङ क्लब दमकलाई २–० गोलले पराजित गर्दै इलामको रेड हर्स फुटबल क्लब ताप्लेजुङ सदमुुकाममा जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। गोर्खा स्पोर्टिङ क्लबका डिफेन्सले बल नियन्त्रण गर्न नसक्दा इलामका फरवार्ड युवराज राईले पहिलो गोल गरेका थिए। एपीएफ क्लबमा आवद्ध उनले खेल सुरु भएको १०औं मिनेटमै गोलको खाता खोलेका थिए।

रेड हर्सका लागि खेलको ५९औं मिनेटमा आशिष राईले दोस्रो गोल गरेका थिए। गोलरक्षकले हानेको बल नियन्त्रणमा लिँदै उनले सिधै जाली चुमाएका थिए। खेलको म्यान अफ दी म्याच रेड हर्सका आशिष राई घोषित भए। 

शनिबार फिदिम स्पोर्टिङ क्लब पाँचथर र पथरी–११ फुटबल क्लब मोरङबीच खेल हुने आयोजकले जनाएको छ। यसअघि जुट विकास फुटबल एकेडेमी इटहरीले सेमिफाइनलमा स्थान बनाइसकेको छ।  भदौ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको  विजेताले तीन लाख ११ हजार एक ११ रुपैयाँ पुरस्कार पाउने छ। यस्तै उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.