हमास आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते, केहीलाई बन्धक बनाइयो

हमास आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते, केहीलाई बन्धक बनाइयो
सुन्नुहोस्

काठमाडौं : इजरायलमा हमास आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ। घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जानकारी दिएको छ।

दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्। '९ जना घाइते भएको खबर हामीले पाएका छौं। उनीहरूको विवरण संकलन गर्ने काम भइरहेको छ,' दूतावासका एक अधिकारीले भने।

भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ। उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धन बनाएको जानकारी दिएको हो। 

शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.