आतंकवादी आक्रमणको सरकारद्वारा कडा निन्दा

इजरायल आक्रमणमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय

इजरायल आक्रमणमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : सरकारले इजरायलमा भएको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको पुष्टि गरेको छ। परराष्ट्र मन्त्रालयले शनिबार राति विज्ञप्ति जारी गर्दै ९ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ।

१४ जना नेपाली काम गरिरहेको कृषि फार्ममा आक्रमण हुँदा नेपालीहरू घाइते भएको परराष्ट्र मन्त्रालयको भनाइ छ। '१४ जना नेपाली काम गरिरहेको फार्ममा आक्रमण भएको जानकारी पाएका छौं। जसमा ९ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर छ,' विज्ञप्तिमा भनिएको छ। 

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग सम्पर्कमा रहेको बताउँदै नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै सरकारले इजरायलमाथि भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेको छ। सरकारले आतंकवादविरुद्धको लडाइँमा इजरायल सरकारको समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ। सरकारले इजरायलको अवस्थालाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र  सुरक्षाका उपायहरू पालना गर्न अनुरोध गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.