इजरायल आक्रमणमा परेका नेपालीहरूको उद्दार चाँडो होस्

इजरायल आक्रमणमा परेका नेपालीहरूको उद्दार चाँडो होस्
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले इजरायल आक्रमणको चपेटामा परेका नेपालीहरूको तत्काल उद्दार गर्न सरकारसँग माग गरेका छन्।  आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले हमास र इजरायलबीचको आक्रमणमा परेका नेपालीहरूको सुरक्षा र उद्दारका लागि पहल गर्न सरकारसँग माग गरेका हुन्।

उनले भने,' इजरायल आक्रमणको चपेटामा परेका नेपालीहरूको छिटो उद्दार हुनुपर्छ। देशमा सरकार छ भन्ने अनुभूति होस्।' उनले नेपाली जनताले संघीयता बोक्ने नसक्ने भन्दै खारेज गर्नुपर्ने माग गरेका  छन्।  संघीयता खारेज गरेर नगरपालिका र गाउँपालिकालाई अधिकार दिनुपर्ने उनको सुझाव छ।

उनले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली नभएको बताए।  'लाज नमानीकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौं,नगरपालिका र गाउँपालिकालाई अधिकार दिऔं। नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुँदै होइन,'उनले भने,'संघीयता आवश्यक छैन भनेर नेपाली जनताले महशुस गरिसके। यो जनतालाई मान्य  छैन।'

अध्यक्ष केसीले सरकारले मुख्यमन्त्रीहरूका लागि काठमाडौंमा दरबार बनाएको भन्दै आपत्ती जनाए। उनले प्रश्न गर्दै भने,'मुख्यमन्त्रीलाई काठमाडौंको  भैसीपाटीमा दरबार बनाउने हो?  उहाँहरू परदेशबाट आएर यहाँ बास बस्न आउनु भएको हो? कठै बर। यही हो । अब चल्छ संघीयता।'

उनले कोशी प्रदेशको नाममा  विवाद हुनु दु:खद भएको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.