इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई दस लाख राहत उपलब्ध गराउने सरकारको निर्णय

इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई दस लाख राहत उपलब्ध गराउने सरकारको निर्णय
फाइल तस्बिर

काठमाडौं : सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारलाई जनही दस लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपालीहरूको परिवारलाई सो रकम दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत् निकासा गर्ने निर्णय भएको हो। 

त्यस्तै नेपाली विद्यार्थीहरूको दुःखद निधनप्रति सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नेपालका सम्पूर्ण सरकारी कार्यालय र कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन्। उनले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि समन्वय भइरहेको बताइन्।

हामासको आक्रमणमा परी दस जन नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। एक जना नेपाली भने सम्पर्कविहीन छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.