'इजरायलमा रहेका नेपालीको चाँडो उद्धार गरौं'

'इजरायलमा रहेका नेपालीको चाँडो उद्धार गरौं'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायल घटनाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्। इजरायल घटनामा सबै दल एक ठाउँमा उभिन आह्वान गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेताहरूसँग छलफल गरेको माओवादी नेता हितराज पाण्डेले जानकारी दिए।

इजरायल घटना सम्पूर्ण दल एक ठाउँमा रहेको उनको भनाइ छ। 'इजरायल घटनामा सबै दल एक ठाउँमा उभिनुपर्छ भनेर प्रधानमन्त्रीज्युले सर्वदलीय बैठक बोलाउनुभएको थियो। बैठकले सबै दल एकै ठाउँमा रहेको निष्कर्ष निकालेको थियो,' उनले भने। इजरायल घटनाका सम्बन्धमा सरकारले गरिरहेका कामहरूबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको उनको भनाइ छ।

दलका नेताहरूले इजरायल घटनाका विषयमा आधिकारिक ठाउँबाट सही सूचना सम्प्रेषण गर्न सुझाव दिएका थिए। हमास आक्रमणमा मृत्यु भएका दस जनालाई यथाशिघ्र नेपाल ल्याएर परिवारको जिम्मा लगाउनसमेत नेताहरूले सुझाव दिएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए।

'हमासको आक्रमण ज्यान गुमाएका नेपालीहरुको शव स्वदेश ल्याएर यथाशिघ्र परिवारको जिम्मा लगाउने विषयमा सुझावहरू आएको छ। त्यसमा सरकारले काम गरिरहेको छ। युद्धग्रस्त क्षेत्रबाट नेपालीहरूको उद्धारसमेत भइरहेको सूचना हामीलाई प्राप्त भएको छ,' सञ्चारकर्मीसँग उनले भने। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालका नेता ईश्वर पोखरेलले नेपालीहरूको उद्धार गम्भीर्यता देखाउन सरकारलाई आग्रह गरेका थिए। उनले सन्तुलित हिसाबले प्रस्तुत हुन आग्रहसमेत गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.