प्रवेशको घर बनाउने सपना अधुरै

प्रवेशको घर बनाउने सपना अधुरै
प्रवेशको मृत्युको खबरले भावविह्ल बनेको प्रवेशकी आमा, दिदीसहितको परिवार । सरिता चलाउने
सुन्नुहोस्

वीरेन्द्रनगर : ‘बुवा–आमा अब तपाईंहरूले धेरै दुःख गर्नुपर्दैन है। अब तपाईंको छोरा कमाउने भइसक्यो चिन्ता नगर्नुस्। दिदी पनि टाढा छिन्। म नयाँ घर बनाएपछि दिदीलाई पनि ल्याएर राख्नेछु। तपाईंहरू ढुक्क भएर बस्नुस् है।’ यस्तो ढाडस दिएर विदेश हिँडेका थिए सल्यान शारदा नगरपालिका ३ साहुटोल सिरवारका प्रवेश भण्डारी। उनका बा–आमाका लागि बुढेसकालको एक्लो सहारा उनी नै थिए।

इजरायल पुगेपछि परिवारसँग निरन्तर फोन सम्पर्कमा रहेर प्रवेशले आमा बुवालाई आफ्नो चिन्ता नगर्न आग्रह गर्थे। गत  शुक्रबार मात्र बुवासँग प्रवेशले सन्चै छु है बुवा मेरा चिन्ता नगर्नुस् भनेको रहेछन्। अव म भोलि शनिबार कुरा गर्छु भन्दै उनले फोन राखेका थिए। शनिबार प्रवेशसँग कुराकानी गर्ने प्रतिक्षामा बसेका परिवारले उनलाई अनलाइनमा देखेनन्। शुक्रबार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको हो। उनका बुबाले छोरालाई पटक–पटक अनलाइनमा खोजे तर देखेनन्। ‘ग्रुपमा कल गरेको रहेछ। मैले फोन उठाउन पाइन्। भोलि शनिबार आमाबुवासँग बोल्छु, बोलाइदिनुहोला भनेर एसएमएस छोडेको थियो,’ प्रवेशकी सानिमा शोभा सेजवालले भनिन्, ‘त्यसपछि अनलाइन नै देखिन।’ आइतबार बिहान इजरायलमा नेपाली विद्यार्थी पनि आक्रमणमा परेको खबर सुनेपछि उनी डराइन्। प्रवेशका साथीहरूलाई उनकी दिदी प्रतीक्षा र शोभाले कति मेसेज गरे। तर, कसैले जवाफ दिएनन्। 

प्रवेशका ४७ वर्षीय बुवा चक्रबहादुर भण्डारीले शनिबार बिहानै इजराइलमा हमला भएको खबर सुने। १९ गते शुक्रबारबाट छोराको खबर नपाएका उनी आत्तिए। रेडियोबाट मात्र आन्दोलन भइरहेको खबर सुनिरहे तर पनि छोराको खबर पाउन सकेनन्। छोरासँगको सम्पर्क टुटेपछि बुवा चक्र र आमा चन्द्रिका अत्तालिए। ‘छोराको अवस्था थाहा पाउन सक्नेजति सम्पर्क गर्न प्रयास उनीहरूले गरे। उनले भने, ‘आईतवार दिउँसो नेपाली विद्यार्थी पनि हमालमा परेको भन्ने खबर रेडियो र फेसबुकमार्फत थाहा पाएँ। तर, छोरा कतै भागेर बाचेको छ कि भन्ने आस लागेको थियो तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर पाएँ। मेरो होस् नै हरायो। जीवनभरको सहारा गुम्यो।’ 

छोराको मृत्युको खबर पाएपछि अहिले परिवार भाव विवल अवस्थामा छन्।  प्रवेशको गाउँ शोकमा डुबेको छ। प्रवेशकी ४६ वर्षीया आमा र दिदी बेहोस अवस्थामा छन्। छोराको सास त आएन तर लाश ल्याउनका लागि नेपाल सरकारसँग परिवारले आग्रह गरेका छन्। ‘छोरा त अब रहेन, तर छोराको लाश छिटोभन्दा छिटो नेपाल ल्याउन सरकारले पहल गरिदियोस्’, प्रवेशका बुवा चक्रले भने। 

सल्यानका प्रवेशसहित इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। हमलामा घाइते हुनेमा सल्यान शारदा नगरपालिका–२ का विधान सेजवाल पनि छन्। उनको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी आएको छ। आक्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी भने सुरक्षित रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.