छोरा सम्झँदै अचेत हुन्छन् नारायणका बुवा

छोरा सम्झँदै अचेत हुन्छन् नारायणका बुवा
सुन्नुहोस्

टीकापुर : इजरायलमा भएको हमासको आक्रमणबाट ज्यान गुमाएका कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपानेका बुवा हरिकृष्ण न्यौपाने बेला बेला अचेत हुन्छन्। ७० वर्षीय हरिकृष्णलाई छोराको अवस्था बारे स्पष्ट जानकारी दिइएको छैन। ‘चार दिन अघिसम्म आमासँग कुरा गरिरहेको छोराको अवस्था थाहै दिएका छैनौं’, नारायणकी दिदी मञ्जु न्यौपाने जोशीले भनिन्, ‘छोरालाई सम्झिँदै बेला–बेला बुवा अचेत हुने गरेका छन्।’

५ वर्षको उमेरमै आमा गुमाएका नारायण बुवाका प्रिय थिए। तीन छोरामध्येका माइला नारायण सानैदेखि मिलनसार र अध्ययनमा अब्बल थिए। नारायणको अध्ययन राम्रो भएपछि उनलाई पढाउन उनका जेठा दाजु र भाउजू भारतको बैंग्लोरमा काम गरिरहेका छन्। ‘परिवार मात्रै होइन, यो समाजकै लागि उदाहरणीय काम गर्छु भन्दै कृषिसम्बन्धी ज्ञान सिकेर नेपालमै केही गर्छु भन्दै थियो’, मञ्जुले भनिन्, ‘पानी समेत नपाएर, आफ्ना इच्छा, घर परिवारकै रेखदेख गर्ला भन्ने सोचेको भाइ क्षणभरमै गुमाएपछि हाम्रो होस् हवास उडेको छ। आँखाका आँशु रित्तिएका छन्। हामी उसलाई अन्तिम पटक हेर्न चाहन्छौं। यसमा सरकारले ध्यान दिनुपर्छ।’ 

नारायणको काठको कच्ची घर छ। एक भाइ, एक दिदी, दाजु, भाउजू, आमा र बुवा छन्। उक्त घटनापछि उनको घरमा छिमेकीको भीड छ। ‘हामीले त हिजो मात्रै थाहा पाएको हौं, हाम्रो गाउँ नै शोकमा डुबेको छ’, नारायणका छिमेकी मनिलाल न्यौपानेले भने, ‘गाउँका अरूले पक्की घर बनाए, उसको पढाइ हेरेर बुवाले सबै लगानी उसको पढाइमै लगाएका हुन्, दुःख गरेर पढाएको छोराले कमाउने बेला विदेशमै ज्यान गुमायो। हामीसँग बोल्ने शब्द नै छैन।’ नारायणका आफन्तले तत्काल उनीहरूको शव घर ल्याइदिन माग गरेका छन्। ‘जिउँदो त देखेनौं, मरेको लाश नै भए पनि अन्तिममा हेर्न मन छ’, मनिलालले भने, ‘यसका लागि सरकारले तत्काल कदम चाल्नु जरुरी छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.