एनआरएन मध्यपूर्व संयोजकमा राजेन्द्र अर्यालको उम्मेदवारी

एनआरएन मध्यपूर्व संयोजकमा राजेन्द्र अर्यालको उम्मेदवारी
सुन्नुहोस्

साउदी अरेबिया : गैर आवासीय नेपाली संघको आगामी (२०२३–२०२५) कार्यकालका लागि  पुनः मध्यपूर्व संयोजकको पदमा राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन्।

उनले ६ बुँदे घोषणापत्र जारी गरेका छन्। उक्त घोषणापत्रमा नेपालीको राहत तथा उद्धार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरुलाई पुनर्स्थापनाको लागि नेपाल सरकार र सरोकारवालासंग समन्वय गर्ने , वैदेशिक रोजगार ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न र गराउन सरोकारवालाहरुसंग पहल गर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुनलाई सम्पूर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्ने, अन्य सामाजिक संघरसंस्थासँग मिलेर सहकार्य गर्ने,अन्तर्राष्ट्रिय समन्वय परिषद् र मध्यपूर्वका एन सि सि हरुसंग सहकार्य गरेर कार्य योजना बनाइ कार्यदिशा तय गर्ने र मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुको आयोजना गर्ने  रहेका छन। 

श्रमिकको हकहितको लागि राहत र उद्दार कार्यमा सदैव तत्पर रहने, मध्यपूर्वमा श्रमिकका समस्या समाधानमा सदैव सक्रिय अर्याल   ‘सेवा नै धर्म हो’ भन्ने भावनाबाट प्रेरित भएर सामाजिक कार्य गरिरहेका छन्। उनलाई मध्यपूर्वबाट सक्षम, सबल, समाजसेवी तथा अभियन्ता एवं कुशल  नेतृत्वको रूपमा चिनिन्छ। 

अर्याल  एन आर एन बौद्धिक समुह मध्येको एक प्रभावशाली  नेतृत्वको रूपमा  समेत स्थापित छन्। उनी साउदीमा लामो समयदेखि व्यवसाय गर्दै आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.