एनआरएन महिला उपाध्यक्षमा यासमिन बेगमको उम्मेदवारी

एनआरएन महिला उपाध्यक्षमा यासमिन बेगमको उम्मेदवारी
सुन्नुहोस्

साउदी अरेबिया : गैरआवासीय नेपाली संघको आगामी (२०२३–२०२५) कार्यकालका लागि केन्द्रीय महिला उपाध्यक्षका लागि पुनः यासमिन बेगमले उम्मेदवारी घोषणा  गरेकी छिन्। 

 
महिला उपाध्यक्षका लागि उम्मेदवारी दिएकी बेगमले साझा एनआरएनए र सक्षम नेतृत्वले मात्र एनआरएनएको गरिमा र संस्थालाई जीवन्त दिन सक्ने बताएकी छन्। 

उनले वैदेशिक रोजगारीमा रहेका  महिला कामदारमाथि हुने गरेका घरेलु हिंसा र परिवर्तनबारे बुलन्द आवाजसहित काम गर्ने बताइन् । साथै रुपान्तरणको लागि प्रविधि, पारदर्शिता र समावेशी एकता, सम्वृद्धिको लागि ज्ञान, सीप र लगानीको प्रतिबद्धता साथ काम गर्ने लक्ष्य रहेको जानकारी दिइन्। 

उनी  साउदीमा विगत लामो समयदेखि विभिन्न संघसंस्थामा सक्रिय  देखाउनुको साथै उनलाई  एनआरएन  महिला अभियन्ताको रूपमा पनि चिनिन्छन्।  आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको संघको  ११ औं महाधिवेशनमा आफूलाई निर्वाचित गराउन तथा आवश्यक सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरेकी छिन् । 

उनी हाल कार्यसमितीमा पनि  केन्द्रीय महिला उपाध्यक्ष हुन् र उपाध्यक्षको भुमिका निर्वाह गर्दै आएकी छिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.