युद्धग्रस्त इजरायलबाट १८ जना नेपाली भारत आइपुगे, घरसम्म आउन गाडीको व्यवस्था

युद्धग्रस्त इजरायलबाट १८ जना नेपाली भारत आइपुगे, घरसम्म आउन गाडीको व्यवस्था

काठमाडौं : युद्धग्रस्त इजरायलबाट १८ जना नेपाली भारत आइपुगेका छन्। भारत सरकारको ‘अपरेशन अजय’अभियानमार्फत १८ जना नेपाली भारत आइपुगेका हुन्। 

भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्माले इजरायलबाट उद्धार गरेका नेपालीलाई दिल्ली विमानस्थलमा स्वागत गरेका थिए। शर्माले उनीहरुलाई नेपाल जान यातायातको व्यवस्था गरिएको जानकारी दिए।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'दशैंका बेला उहाँहरु घर फर्किएकोमा परिवार उत्साहित छन् ।' 

null

यसअघि नेपाल सरकारले इजरायलमा रहेका २५३ जना विद्यार्थीलाई स्वदेश फिर्ता ल्याएको थियो। नेपाल एयरलायन्सको विमानबाट हमास आक्रमणमा परी घाइते भएका एक जनासहित २५३ जनालाई सरकारले नेपाल फर्काएको थियो। 

प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको थियो। चार जना घाइते भएका थिए भने एक जना अझै सम्पर्कविहीन छन्। परराष्ट्र मन्त्रालयले सम्पर्कविहीन रहेका विपिन जोशीको खोजीकार्य भइरहेको जानकारी दिएको छ।

घाइते तीन जना भने तेलहविभस्थित नेपाली दूतावासको संरक्षणमा रहेका छन्। मृत्यु भएका १० जना नेपालीको शव इजरायल सरकारले नै नेपाल ल्याइदिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.