अहिलेको व्यवस्थाबाट पछि फर्कने ठाउँ छैन, सुधार गर्दै लाजुपर्छ : देवेन्द्र पौडेल

अहिलेको व्यवस्थाबाट पछि फर्कने ठाउँ छैन, सुधार गर्दै लाजुपर्छ : देवेन्द्र पौडेल
सुन्नुहोस्

बेनी : नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले अहिलेको व्यवस्थाबाट पछि फर्कने अवस्था नरहेको बताएका छन् । 

नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले दसैं तिहार लगायत चाडपर्वको अवसरमा बिहिबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले व्यवस्था कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार र नीति निर्माणमा प्राथमिकता दिनुपर्ने बताए । 

'संमृद्धि, शुसासन र सामाजिक न्यायको लागि सर्भिस डेलिभरीमा सहजता र सुधार ल्याउन नीतिगत र व्यवहारिक सुधारका लागि हामी प्रयासरत छौं,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले भने, ‘राज्यप्रति विश्वास दिलाउन निकायहरु पारदर्शी, निष्पक्ष र जनताप्रति केन्द्रित हुनुपर्छ ।’

अहिलेका नयाँ पुस्तालाई विगतको निरंकुश राजतन्त्र, पञ्चायत र राणा शासनको पीडा, अन्याय, अत्याचार, स्वतन्त्रता कुण्ठित हुँदा र अहिलेको स्वतन्त्रताको अवस्थाको विषयमा बुझाउनुपर्ने पौडेलको भनाइ थियो।  

धार्मिक र सामाजिक सद्भाव खलबलाउने गतिविधिप्रति सचेत रहनुपर्ने पौडेलले बताए ।  ‘मिलेर बसेको समाजमा सामाजिक सञ्जालको दुरुपयोग गरेर धार्मिक र सामाजिक सद्भाव खलबलाउने गतिविधि प्रति हामी सबै सचेत हुनुपर्छ,’ उनले भने, ‘सद्भाव खलबल्याउने व्यवस्थाप्रति भ्रम पैदा गराउने र उपलब्धीलाई उल्टाएर देशलाई अधोगतितर्फ लैजाने गतिविधिहरु हुन नदिन धार्मिक सद्भाव र सामाजिक सहकार्य हुनुपर्छ ।’
 
सेवाप्रवाह र विकासका विषयमा नागरिकले उठाउने प्रश्नलाई राजनीतिज्ञ र प्रशासकले गम्भीर रुपमा लिनुपर्ने बताउँदै पूर्व शिक्षा मन्त्रीसमेत रहेका पौडेलले बताए । नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला इञ्चार्ज गुप्तबहादुर हमालले चाडपर्वलाई धार्मिक सद्भाव र सहकार्य गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने बताए । 

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दीका राजनीतिक दल र प्रशासकहरु विकासको मुद्दामा एकतावद्ध रहेको बताए । 
 
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले चाडपर्वलाई सुरक्षित, मर्यादित, मौलिक र सांस्कृतिक हिसाबले मनाउनुपर्ने बताए । नेकपाका म्याग्दी जिल्ला ईञ्चार्ज उषा घर्ती घिमिरेले म्याग्दीको विकासका लागि राजनीतिक दलहरुबीच सहकार्य र साझा धारणा बताउनुपर्ने बताइन् ।  

माओवादी केन्द्रको बेनी नगर कमिटी अध्यक्ष सेरबहादुर केसीले नगरपालिकाको विकास, सामाजिक, आर्थिक मुद्दाको साझा धारणा र सहकार्यको वातावरण बनाउने प्रयासका लागि चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको बताए । 
 
कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री शुसिला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली, संविधान सभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद हरिबहादुर भण्डारी, पुर्व सांसद हरिराज अधिकारी, गायत्री गुरुङ, विनोद केसी लगायतको उपस्थिति थियो ।
 
नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बिहिबार बेनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै। तस्बिर : सन्तोष गौतम।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.