प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै मधेसले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र (भिडियो)
काठमाडौं : मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो।