११ महिनापछि पोखरामा अध्यागमन

११ महिनापछि पोखरामा अध्यागमन
चीनको कुनमिङबाट पर्यटक लिएर आएका चार्टड विमान पोखरा विमानस्थलमा । तस्बिर : कृष्णमणि बराल
सुन्नुहोस्

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको ११ महिनापछि बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ। सन् २०२३ को जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए। 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्ष पुग्नलाग्दा पनि अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। अहिलेसम्म ३ वटा चार्टर विमान आउनेबाहेक नियमित उडान भएको छैन। चार्टड विमान आउँदा काठमाडौंबाटै अध्यागमनका कर्मचारी आएर सेवा दिने गर्थे। बिहीबारदेखि उपसचिव लीलाभल्लव न्यौपानेले अध्यागमन कार्यालयको नेतृत्व गर्ने गरी सुरु भएको छ। 

विमानस्थलमा कुल २९ जना कर्मचारी दरबन्दी रहे पनि पहिलो चरणमा विभिन्न तहका १० जना कर्मचारीले काम सुरु गरेका हुन्। नियमित अन्तर्राष्ट्रिय उडान भएको खण्डमा सेवा दिने गरी बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल ड्युटी अफिसर शिव भुसालले बताए। यसअघि चार्टड उडान हुँदा काठमाडौंबाटै अध्यागमनका कर्मचारी आउने गरेको बताइएको छ। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ मा पहिलोपटक चीनको छेन्दुबाट चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी बोकेर सिचुवान एयरलाइन्सको विमान पोखरा अवतरण भएको थियो। भदौ २३ गते रोयल भुटान एयरलाइन्सको डुक जहाज पोखरामा आएर पाहुनालाई लिएर गएको थियो। भुटानको जहाजले पहिलोपटक व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो। 

मंसिर ९ गतेदेखि पोखरामा हुने माउन्टेन क्रसकन्ट्री दौड प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी अफिसियल, चिकित्सक र चालक दलका ७ जनासहति १ सय २ जना बोकेर चीनको  बिहीबार साँझ चिनियाँ चार्टड विमान चीनको कुनमिङ सहरबाट पोखरा आइपुगेको छ। चार्टड बिमानबाट पोखरा आएका पाहुनालाई चीनका राजदूत, पोखरा महानगरपालिकाका मेयरलगायतले स्वागत गरेका थिए। पर्यटकको स्वागतमा विमानस्थलमा पञ्चेबाजा बजाएर नाच गान पनि गरिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.