रुसी सेनामा कार्यरत ३ नेपालीको युक्रेन युद्धमा मृत्यु

रुसी सेनामा कार्यरत ३ नेपालीको युक्रेन युद्धमा मृत्यु
सुन्नुहोस्

काठमाडौं : रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।  

नेपालीको मृत्युबारे रुसी सरकारले मस्कोस्थित नेपाली राजदूतावासलाई मृत्यु सर्टिफिकेटसहित टेलिग्राममार्फत जानकारी गराएको थियो। त्यसपछि नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो। दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्र्की, दोलखा मेलुङ ६ सुनारपानीका राजकुमार रोक्का र इलाम ५ इलामका गंगाराज मोक्तान छन्।

‘नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत ‘मेडिकल डेथ सर्टिफिकेट’ प्राप्त भएको छ,’ नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ, ‘मृतकहरूको  शव व्यवस्थापन लगायतका कार्यमा परिवारसँग समन्वय गर्नुपर्ने भएकाले रुसी सेनाबाट प्राप्त मेडिकल डेथ सर्टिफिकेट र सोको अनौपचारिक अंग्रेजी अनुवाद एवं अन्य कागजातहरू त्यहाँको जानकारी तथा आवश्यक कार्यार्थ यसै पत्रसाथ संलग्न गरी प्रेसित गरिएको बेहोरा निर्देशानुसार अनुरोध छ।’

रुसी सेनामा रहेका नेपालीहरूको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको हो। रुसी सेनाले पछिल्लो समय नेपालीहरूलाई सहयोगीका रूपमा राख्दै आएको छ। रूसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिए। रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो।

रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न सहयोगी सेनाका रूपमा  झन्डै २ सय नेपाली रहेको अनुमान नेपाली राजदूतावासको छ।  शवको यथाशीघ्र व्यवस्थापनका लागि निजहरूको परिवार र राजदूतावासबीच सम्पर्क बनाउनका लागि सहजीकरण गरिदिन भन्दै मंगलबार राति राजदूतावासले मन्त्रालयलाई पत्राचार गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.