समृद्धि सोचमा ‘संकल्प यात्रा’

समृद्धि सोचमा ‘संकल्प यात्रा’

स्थानीय विकासका एजेन्डामा एकताबद्ध भएर छलफल गरिनु, सर्वदलीय रूपमा ध्यानाकर्षण पत्र नै पेस हुनु एमाले ‘संकल्प यात्रा’को अर्को महत्त्वपूर्ण उपलब्धि हो।

नेपालका एक प्रतिशतभन्दा बढी भाषिक जनसंख्या भएका नौ ठूला जातिमध्ये थारू र मधेसी (मधेसमा) बाहेकका सातवटा जाति लिम्बू, खम्बू, तामाङ, नेवार, गुरुङ, मगर र खसहरूको मुख्य बासस्थान क्षेत्र हो मध्यपहाड। यी जातिको बीचमा अन्तरघुलन गर्न, यो क्षेत्रका जनताको जीवनस्तरको हुने परिवर्तनमा भएको विलम्बबारे छलफल गर्न नेकपा (एमाले)ले मंसिर १४ गते बैतडीको झुलाघाटबाट ‘संकल्प यात्रा’ सुरु गर्‍यो।

२१ फागुन २०७३ देखि महेन्द्र राजमार्गमा मेची–महाकाली यात्रा गरेको एमालेले सात वर्षपछि मध्यपहाडका २६ जिल्लामा पार्टी नेतृत्व भौतिक रूपमै पुगेर यस क्षेत्रका नागरिकसँग साक्षात्कार गर्दै यात्रा सम्पन्न गरेको हो। ‘झुलाघाट–चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो यात्रा नेपालको आञ्चलिक राजनीतिमा नवीनतम् प्रयोगमात्रै होइन, विकासका साझेदारहरूको ध्यान केन्द्रित गर्ने बहुआयमिक रणनीति पनि हो। सबैलाई एक पटक सोच्न बाध्य पारेको यात्राले। यसले बहिष्करणमा परेको मध्यपहाडका नागरिकमा दलहरूप्रतिको आकर्षणलाई पुनरावृत्ति गर्नेलगायत सन्देश छोडेको छ। जसमध्ये प्रमुख ५ सन्देश यस्ता छन्।

नागरिकमा आशा जगाउनु : तीन दर्जनभन्दा बढी आमसभा र सय बढी भेटघाटले त्यस क्षेत्रका नागरिकमा अब केही हुन्छ भन्ने ठूलो आस जगाएको छ। गाउँ आएका काठमाडौंका सिंहदरबारले ल्याएको हुकुमी शासन, आर्थिक अनियमितता, विकासमा अग्रिम कमिसन, बेथिति, योजनामा दलालीले यहाँका बासिन्दालाई बढी निराश बनायो। यसले निम्त्याएका अनेक समस्याबाट थला पर्दै गएका नागरिकको जीवनमा असन्तुष्टि र निराशा दिन दुगुना रात चौगुनाले वृद्धि भयो।

दैलेखमा त एकै दिन त झन्डै १ करोड ५० लाखभन्दा बढीको कारोबार भएको थियो। उक्त जिल्लामा सवारीसाधनहरूको इन्धन र अन्य व्यवस्थापनमा १ करोड ३० लाखभन्दा बढी कारोबार भएको पाइयो। दैलेखको राकम कर्णालीमा भएको बृहत् आमसभाका सहभागीले आठबिस नगरपालिका–५ का सुन्तला व्यापारी सुरेन्द्र कार्कीको एकैदिन ६ लाखको सुन्तला बिक्री भयो। 

‘संकल्प यात्रा’का क्रममा ७२ वर्षीय पार्टीअध्यक्ष केपी शर्मा ओलीसहित सिंगो हेडक्वाटरको अभूतपूर्व सक्रियता र समृद्ध देश निर्माणको निर्विकल्प अठोटले ‘समृद्ध नेपालको आकांक्षा हाम्रै पालामा सम्भव छ’ भन्ने सन्देश प्रवाह गरेको छ।

विकास मुद्दामा दलीय एकता : २०७९ मा सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनले दुई ध्रुवमा विभाजित दलहरूको तिक्तता गाउँ तहमा समेत यथावतै छ। हरेक विषयमा सत्ता र प्रतिपक्षको केन्द्रीय छायाँले ३६ बनेका स्थानीय राजनीति दलहरूलाई एमाले यात्राले मध्यपहाडका विकासका मुद्दामा ६३ बनाएको छ।

डँडेलधुरामा पुगेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको टेलिफोन संवादबाट सुरु भएको दलीय सद्भाव दैलेखमा सर्वदलीय भेटघाटमा परिणत भयो। सर्वपक्षीय टोलीले जिल्लाको विकासका लागि आठबुँदे लिखित ध्यानाकर्षण–पत्रसमेत ओलीलाई बुझायो।

सर्वदलीय अन्तक्रियामार्फत स्थानीय क्षेत्रको समग्र विकासमा एमाले र अध्यक्ष ओलीको ध्यानाकर्षण गराए। जुन अस्थिर नेपाली राजनीतिका लागि निकै सुखद पक्ष हो। समग्रमा, स्थानीय विकासका एजेन्डामा एकताबद्ध भएर छलफल गरिनु, सर्वदलीय रूपमा ध्यानाकर्षण पत्र नै पेस हुनु एमाले ‘संकल्प यात्रा’को अर्को महत्त्वपूर्ण उपलब्धि हो।

अर्थतन्त्र चलायमान : देशको ओरालोलाग्दो अर्थतन्त्रको ठूलो मारमा मध्यपहाड परेको छ। विकासका योजनामा काम गरेर कमाएको रकमले चलायमान हुने मध्यपहाडको अर्थतन्त्र दुई वर्षयता ठप्पप्रायः छ। बास बस्ने स्थानमा मात्रै ७० देखि ९० लाखसम्मको कारोबार भएको स्थानीय उद्योगी व्यवसायी बताउँछन्।

दैलेखमा त एकै दिन त झन्डै १ करोड ५० लाखभन्दा बढीको कारोबार भएको थियो। उक्त जिल्लामा सवारीसाधनहरूको इन्धन र अन्य व्यवस्थापनमा १ करोड ३० लाखभन्दा बढी कारोबार भएको पाइयो। दैलेखको राकम कर्णालीमा भएको बृहत् आमसभाका सहभागीले आठबिस नगरपालिका–५ का सुन्तला व्यापारी सुरेन्द्र कार्कीको एकैदिन ६ लाखको सुन्तला बिक्री भयो। यसरी विभिन्न क्षेत्रमा मध्यपहाडका सबै केन्द्रको बजारको अर्थतन्त्र निकै राम्रोसँग चलायमान भएको थियो।

दलप्रति नागरिक समर्थन यथावत्ः यसअघिका निर्वाचन परिणामपश्चात् दलहरूप्रति नागरिकको साथ घट्दै गएको टिप्पणीलाई यस यात्राले पुराना दलप्रति नागरिकको साथ कायमै रहेको सन्देश दिएको छ।

राजनीतिक आस्था नभनी स्थानीय पहिरन र पहिचानसहितका झाँकी, लोकसंस्कृतिले सजिएका नागरिक हातमा फूलका माला लिएर बिहानदेखि राति अबेरसम्म घण्टौं कुरेको लर्कोले पनि नेपालका पुराना राजनीतिक दलप्रति नागरिकमा वितृष्णा फैलिएको छ भन्ने पछिल्लो सहरिया भाष्यलाई चिरिदिएको छ। निर्वाचनमा मात्र नेता गाउँ आउँछन् भन्ने भाष्यलाई पनि यो यात्राले चुनौती दिएको छ।

मध्यपहाडमा बढ्दो ‘ओली क्रेज’ : मध्यपहाडी यात्राका क्रममा बालकदेखि वृद्धासम्म, राउटेदेखि गुम्बाका बौद्धभिक्षु र मन्दिरका पुजारीसम्मको केन्द्रबिन्दुमा एमाले अध्यक्ष ओली नै रहे। स्थानीय क्षेत्रहरूको समृद्धि, दीर्घकालीन विकास, बढ्दो बसाइँसराइलाई रोकथाम गर्न, रोजगारी सिर्जनाका सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरको बहसको विषय बनाउने एमाले सुप्रिमो ओलीप्रतिको क्रेजको ग्राफ ह्वात्तै बढ्यो। मध्यपहाडका नागरिकबीच एमालेको ‘संकल्प यात्रा’ले अध्यक्ष ओलीको ब्रान्डलाई राम्रैसँग स्थापित गरिदिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.