अनियमितता गरेको भन्दै प्रधानाध्यापकविरुद्ध उजुरी

अनियमितता गरेको भन्दै प्रधानाध्यापकविरुद्ध उजुरी
सुन्नुहोस्

रौतहट : भ्रष्टाचार गरेको भन्दै एक प्रधानाध्यापकविरुद्ध १३ जना अभिभावकका अगुवाहरुले छानबिन गर्न उजुरी दिएका छन् ।  रौतहटको देवाही गोनाही नगरपालिका -७ को आधारभूत विद्यालय उचिडिहका प्रधानाध्यापक मुक्तिप्रसाद कुशवाहाले शिक्षक नियुक्ति,दिवा खाजा ,भवन तथा शौचालय निर्माण लगायतमा अनियमितता गरेको भन्दै उजुरी दिएका हुन्।

२०७६ साल पुस देखि विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भएता पनि प्रधानाध्यापक कुशवाहले मनोमानी ढंगले शिक्षक नियुक्ति,विद्यार्थीभन्दा बढी दिवाखाजाको पैसा निकासा, भवन तथा शौचालय निर्माणमा भ्रष्टाचार गरेको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माणको लागि गत आर्थिक वर्ष २०७८र०७९ को ३६ लाख र आर्थिक वर्ष २०८०र८१ को नगर कोषबाट गरी जम्मा  ७१ लाख व्यक्तिको नाममा रहेको जग्गामा भवन निर्माण  गरिरहेकाले सो काम रोक्का गरी,नियमानुसार भवन निर्माण कार्य गराउन एवम् भ्रष्टाचारको छानबिन गरी दोषिमाथि कारवाहीको माग गर्दै  नगरपालिका का निमित प्रमुख प्रशासकीय अधिकृतलाई उजुरी बुझाएका छन् । 

उनीहरुले उजुरीको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग,जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा इकाइ कार्यालय रौतहटलाई दिएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.