धूलोबाट आजित भएका स्थानीयले गरे गौशाला बजार सडक अवरुद्ध

धूलोबाट आजित भएका स्थानीयले गरे गौशाला बजार सडक अवरुद्ध
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गौशाला,महोत्तरी :  धूलोले जनजीवन अस्तव्यस्त बनेको भन्दै गौशालाका व्यवसायीले बाटो बन्द गरेका छन् । आइतबार गौशाला बजारदेखि जिरोमाइलचौक जाने बाटो स्थानीयले एक घण्टा अवरुद्ध गरेका हुन्।

बजारभित्र प्रवेश गर्ने सवारी साधनका कारण अत्याधिक धूलो उड्दा सडक आसपास क्षेत्रमा बस्ने स्थानीय हैरान भएका छन्। स्थानीय मरहा नदीबाट ढुङ्गा,गिट्टी,बालुवाको ओभरलोड गरी टिफर चलेपछि सडकबाट उडेको अत्यधिक धूलोले मानव स्वास्थ्यमा  असर पर्नेथालेपछि बाटो अवरुद्ध गरेको होटेल व्यवसायी मिर्चिलाल साहले बताए।

टिफरले ओभरलोड गरी बाटो धुलोमय भएपनि ट्राफिक प्रहरी तथा नेपाल प्रहरी मुखदर्शक बनेको स्थानीय दिपक साहको भनाइ छ । टिफर धूलो उडाउँदै हिंड्दा समेत ट्राफिक प्रहरी मस्त निन्द्रामा सुतेको कारण स्थानीय सास्ती व्यहोर्नु परेको साहको आरोप छ।

नगरपालिकाले राजस्व उसल्ने तर बाटो निर्माणमा कुनै किसिमको ध्यान नदिएको कारण स्थानीहरु व्यवसायी सिकेन्द्र साहले बताए । स्थानीयले नगरपालिकालाई पत्रमार्फत जानकारी गराएपछि केही दिन पानी छर्किए पनि फेरि समस्या जस्ताको त्यस्तै देखिएपछि स्थानीयहरु बाटो अवरुद्ध गर्न बाध्य भएको किराना व्यवसायी सुनिता देवीले बताइन् ।

अहिले नेपाल प्रहरीको अनुरोधमा स्थानीयले तत्कालका लागि बाटो सुचारु गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.