आरती साह मृत्यु प्रकरण: श्रीमान मोतिबाबु जनकपुरबाट पक्राउ

आरती साह मृत्यु प्रकरण: श्रीमान मोतिबाबु जनकपुरबाट पक्राउ
तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : आरती साह मृत्यु प्रकरणमा फरार रहेका उनका श्रीमान मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले साहलाई सोमबार बिहान जनकपुरधामाको सिताचोकस्थित होटल सगुनबाट पक्राउ गरेको हो । 

सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबुलाई गत मंसिर २० गते थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएसँगै उनी फरार भएका थिए । 

यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको थियो । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवैजना थुनाबाहिर थिए ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापा चोकमा आरती मृत फेला परेकी थिइन्। माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएर मुद्दा दर्ता गरेको थियो। 

यता, आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.